कुन राशीको मान्छे कति सेक्सी ? जानी राखौ

मंसिर २८, २०७३

मानिसहरुको यौन व्यवहार फरक फरक हुन्छ । यौन व्यवहारलाई कतिपय कुराले निर्धारण गरेको हुन्छ । सबैलाई यौन चाहना हुने भएपनि कतिपयले यौनक्रिडाको बेला सामान्य, सौम्य र शान्त तरिका मन पराउँछन भने कतिपयले उग्र र पूर्ण वासनापूर्ण यौनसम्बन्ध राख्न रुचाउँछन् । ज्योतिषीहरुले भने राशीका आधारमा पनि मानिसको यौन व्यवहार बुझ्न सकिने बताएका छन् । उनीहरुका अनुसार, कुनै राशी बढी सेक्सी र कुनै कम हुने गर्दछ । थाहा पाउनुस् कुन राशी सेक्सका बारेमा कस्तो हुँदा रहेछन्

राशी

मेष राशी
मेष राशिका मान्छे छिट्टै आवेशमा आउँछन मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् । यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने वेलामा यिनीहरु आतुर हुन्छन् ।

वृष राशी
वृष राशिलाई चुम्बन मन पर्छ । वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

मिथुन राशी
मिथुन राशिलाई प्रेमालाप मन पर्छ ।यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीप्रति पनि सचेत हुन्छन् ।

कर्कट राशी
यो राशिका मानिस प्रेममा उत्साहित, भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमि महसुस भैरहन्छ ।

सिंह राशी
सिंह राशिले पर्खिन्छन् पार्टनरको इशारा ।यो राशिका ब्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै ब्यक्त हुँदैन । तर इशाराको पर्खामा भने हुन्छन् । यौन सम्बन्धको समयमा यिनीहरु निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।

कन्या राशी
कन्या राशिमा यौनप्रति विशेष रुची । यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

तुला राशी
तुला राशिका मानिसमा सम्बन्ध बढाउने चाहाना हुन्छ । यो राशिका ब्यक्ति आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भैहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

वृश्चिक राशी
वृश्चिक राशिमा कामुक भावनाप्रवल हुन्छ । वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

धनु राशी
धनु राशि जतिबेला पनि यौनका लागि तयार । यो राशिका मानिसको विशेषकता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

मकर राशी
मकर राशिलाई चुम्बन मन पर्छ । यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टीप्रति कम सचेत हुन्छन् ।

कुंभ राशी
कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन पर्छ । यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउँछन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टीलाई बढी ध्यान दिन्छन् ।

मीन राशी
मीन राशिको सम्बन्ध सुखद र आनन्ददायक हुन्छ । यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टीमा ध्यान दिन्छन् । कुम्भ राशि जस्तै नयाँ नयाँ प्रयोग गर्न मन पराँउछन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको