गर्भकी छोरीलाई अविवाहित आमाको पत्र (अडियोसहित)

पुस १, २०७३

मेरी प्यारी छोरी!
तिमीलाइ यो सुनेर अचम्म लाग्ला कि तिमी जुन चिठ्ठी पढ्दै छ्यौ, त्यो चिट्ठी तिमी यो संसारमा मात्र हैन मेरो गर्भमै नआउदा लेखिएको हो।यो चिट्ठी मैले गरेको तिम्रो प्रतिक्षाको ब्याकुलता र तिमीलाइ प्रेम गर्ने हतासको एकल साक्षी हो। मेरो नारी हुनुको घमण्ड र आमा बन्ने रहरको साझा संगम हो।

प्यारी छोरी। मलाइ राम्रोसङ्ग थाहा छ सम्भाबनाको झिनो धागोमा अडीएको मेरो मात्तुत्वमयी कल्पनाको संसार जतिबेला पनि टुट्न सक्छ र मलाइ बाँचुञ्जेललाइ असन्तुस्टी भिराएर जान सक्छ। तेसैले मैले मेरो बिबाह भएन भने? म सन्तान जन्माउन अयोग्य ठहरीएँ भने? जस्ता मन भँडुवा प्रश्नहरु मनमा आउनै दिइनँ। बरु आफ्नो नारीत्वलाइ अझ बढुवा दिंदै कल्पनामै गर्भवति हुनेदेखि लिएर प्रसव पिडा खप्ने सम्मको चेष्टा गरीदीएँ। अझै भनौं मैले मनमनै तिमीलाइ जन्म दिएँ। प्रसुती ग्रुहकी नर्सले भर्खरै तिमीलाइ मेरो योनीमार्गबाट निकालेर मेरै छातीमा टँसाएर राखीदीइन्। मैले मन(मनै तिम्रो नाम राखीदिएँ। “खुसी“। खुसी यसअर्थमा कि तिमी मेरी छोरी भयौ र म तिम्री आमा भएँ। खुसी यसअर्थमा की सायद जिन्दगीमै पहीलो पटक मेरा स्तनहरु कुनै कुरुप नजरको शिकार नभएर आफ्नो सन्तानको आहार हुन पाएका छन्। खुसी, हुर्कँदै गरेकी तिमीलाइ आँखामा अटाउनु। खुसी, तिम्रो मुखबाट आमा पुकारीनु। खुसी, तिम्रा साना(ठुला रहर पुरा गरीदीनु। खुसी, तिम्रा आँखामा आफ्ना सपनाहरुको गाजल लगाइदीनु, आफ्नो वैंशको घुम्टी उघारेर तिम्रो शिर सजाइदीनु। खुशी अर्थात तिमी। तिमी अर्थात खुशी।

मेरी छोरी। मेरा शरीरका सबै अङ्गहरू तिम्री हजुरमुमाको जस्तै छन्। तर म उहाँ जस्ती धेरै कम छु। कारण उहाँ र म फरक काल र परिस्थीतीमा जन्मीयौं, हुर्कीयौं। त्यसैले म बिल्कुलै चाहन्न कि तिमी म जस्ती हुनुपर्छ भनेर। म चाहान्छु तिमी चरा जस्तै होउ। सुन्दरताको बोझले आकाशको गहीराइ नाप्न नसक्ने मयुर जस्तो हैन, तौल र सुन्दरताको बाबजुत पनि बादलसङ्ग इतरीन जाने सुँगा जस्तै होउ। बस्! उडानको हदमा पुगेपछी घर फर्कीन नभुल्न। हरीयो मकैको लालचमा परेर पाशोमा नअल्झीनु।

छोरी। जिन्दगी एउटा यात्रा हो। बाटोमा धेरै यात्रीहरु भेटीन्छन्। ती मध्य कतिलाइ तिमीले सहयात्रीको रुपमा पाउने छौ भने कतीलाइ प्रतीसपर्धीको रुपमा पाउने छौ। जित्नु मात्रै खेलको सार्थकता कदापी होइन। याद गर्नु पराइसङ्गको प्रतीसपर्धामा आफ्नाहरु छुट्टीन सक्छन्। छुट्टीएका आफन्तहरु पुनस् भेटीए पनि आफ्नोपन नभेटीन सक्छ। जिन्दगीको दौडमा जतीले आफ्नोपन देखाउछन् ति सबै आफ्ना हुन् र धकलेर अगाडी बढ्नेहरु प्रतिसपर्धी हुन्। सहयात्रीको एउटी परीभाषा हामी, म र तिम्रा बाबा होउँ। त्यसबाहेक तिमीसङ्ग दोहोरो प्रेम र विस्वास हुनेहरु पनि हुन्। छोरी। प्रेम प्रकुती हो। मेरो हकमा म( तिम्रो हजुरबुबा हजुरमुमा, म(तिम्रो बाबा, म(तिमी मात्र नभइ म(मेरो देशको माटोसम्म सबै प्रेम हुन्। तिम्रो हकमा म केही भन्दीन। यी कुराहरु आफ्नै भोगाइले निर्धारण गर्ने हुन् र म तिमीलाइ भोगाइको परीकल्पना गर्न लगाएर तिमी हिड्ने बाटो साँघुरो बनाइदीन सक्दीन। मलाइ पुरा बिस्वास छ तिमीलाइ समयले दिएको सबै सरप्राइज मन पर्ने छ। तिमी जिन्दगी र प्रेम अनुभुत गरेर अझै परीपक्क हुनेछौ।

छोरी खुशी। मैले बारम्बार भनीरहेकी छु कि जिन्दगी एउटा यात्रा हो। एउटा यात्राको अन्त्य नभइ अर्को यात्रा सुरु हुनै सक्दैन। सुरुवातको अन्तीम सत्य अन्त्य हो, जन्मीनुको अन्तीम सत्य मर्नु हो र जिबनको एउटै सत्य सन्तुस्टी हो। बाँच्नु र जिउनु फरक कुरा हुन्। बाँच्ने आशमा जिउन भुल्नु हुँदैन। मर्ने डरले बाँच्न छोड्नु हुँदैन। थाकेका बेला, हारेका बेला, दुखेका बेला आँखा चिम्म गरेर मनमनै आफ्नो नाम लिनु जो आफैं सन्तुसिटीको परीभाषा हो।

म तिम्री आमा हुँ छोरी। आमाहरु चुरोटको धुवाँ जस्तै हुन्छन्स जति तानेपनि, जति फ्याँकेपनी कहिल्यै नसक्कीने। समयको जुनकुनै बिन्दुमा म संसारबाट फालीन सक्छु। ठीक त्यसैगरी जसरी कलान्तरमा म मेरी आमाको गर्भमा तानीएकी थिएँ। बिस्वास गर्नु म हराएकी हुन्न। केबल अदुश्य हुन्छु। तिमीले अनुभुत गर्न नछोड्नु। म वायुमण्डलको हावामा मिसीएर तिमीलाइ सुम्सुम्याइ रहने छु। त्यतीन्जेल सम्म जतीन्जेल सम्म तिमी आमा बन्दीनौ। त्यसपछी म तिमीमा रुपान्तरण हुनेछु।
तिम्री हुनीवाली आमा।

–  सुनकेश्री मन्दिरा सापकोटा

यहाँबाट अडियो सुन्नुहोस् :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको