हराएका बालबालिका खोज्ने अनौठो काइदा

पुस ३, २०७३

एजेन्सी : पछिल्ला दिनहरुमा बालबालिका हराएका समाचार तथा सूचनाहरु संचार माध्यममा थुप्रै देखिन्छन् । हराएका बालबालिकाको खोजीका लागि सार्वजनिक स्थानमा हराएको मानिसको फोटो सहितका पोष्टर समेत टाँस्ने गरिन्छ । संचारमाध्यममा सूचना गरेर होस् वा सार्वजनिक ठाउँमा पोष्टर टाँसेर होस्, सबैको एउटा उद्धेश्य हराएको बच्चा फेला पार्नु नै हुन्छ ।

Missing-Child

बच्चा हराउने समस्या हामीकहाँ मात्र होइन, छिमेकी चीनमा पनि वर्षमा लाखौँ बच्चा हराउँछन् । त्यसरी हराएका बच्चा खोज्नका लागि चीनको एक कम्पनीले अनौठो तरिका निकालेको छ ।

चीनको शानडंग राज्यस्थित किंगडाओमा रहेको खाद्य कम्पनीले बाओबेइहुइजा वेबसाइटसँग मिलेर एक अभियान सुरु गरेको छ । जस अन्तरगत कम्पनीले पाँच लाख मिनिरल वाटरका बोतल बजारमा पठाएको छ । ती हरेक पानीका बोतलमा हराएका बालबालिकाको फोटो तथा विवरण लेखिएको छ ।

साथै अभिभावकको नाम र फोन नम्बर पनि दिइएको छ । एउटा बोतलमा अधिकतम ६ जना बच्चाको बायोडाटा छापिएको छ । ती बोतलहरु सुपर मार्केट, रेलवे स्टेशन तथा एयरपोर्ट लगायतका सार्वजनिक स्थानमा बिक्री भैरहेका छन् ।

missing-child-2खुसीको कुरा अहिलेसम्म यो अभियानबाटै १७ सय भन्दा धेरै हराएका बालबालिका फेला परिसकेका छन् । एकजना बच्चा त ६ वर्षदेखि हराइरहेकोमा घर फर्किएका छन् । यो सफलताबाट उत्साहित बनेर अहिलेसम्म बच्चा हराएका ३२ हजार अभिभावकले कम्पनीको वेबसाइटमा आफ्नो हराएको बच्चाको विवरण दर्ता गराएका छन् ।

कम्पनीले अमेरिकाको न्युयोर्कका एक पुरुषले अपनाएको आइडियाको आधारमा यस्तो अभियान चलाएको हो । स्मरण रहोस् सन् १९७९ मा आफ्नो हराएको बच्चा खोज्नका लागि ती अमेरिकीले दूधका प्याकेटमा आफ्नो बच्चाको तस्वीर छपाएर सहरमा बाँडेका थिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको