स्काइपमा नयाँ फिचर, चाहेको भाषामा अनुवाद गरेर कुराकानी गर्नुस्

पुस ३, २०७३

काठमाडौं : इन्टरनेटको दुनियामा स्काइपलाई भिडियो कलिङको बादशाह मानिन्छ । निजीदेखि व्यवसायिक कुराकानीका लागि पनि यो एपको निकै प्रयोग हुन गरेको छ ।

_93015769_b521c843-c4cf-40da-b6fb-c988750b1892

तर, पछिल्लो २-३ वर्षमा हृवाट्स एपले बजारमा जबरजस्त रुपमा स्थान बनाएको छ ।

अब जुन नयाँ फिचर्सका साथ स्काइप आएको छ, यसले फेरि नयाँ उचाईमा पुर्‍याएको छ ।

डिजिटल ट्रेड्सका अनुसार, स्काइप अब अपडेटेड भएको छ । यसको माध्यमबाट यस्तो भिडियो कल गर्न सक्नुहुन्छ, जसमा अनुवादको सुविधा पनि छ । यो सुविधा मोबाइल र ल्याण्डलाइन दुबै कलिङको क्रममा पाइनेछ ।

स्काइपले करिव २ वर्षदेखि यो प्रयास थालेको थियो, जुन अहिले आएर सफल भएको छ ।

नयाँ फिचरको मद्दतले अब स्काइप ट्रान्सलेटरले तपाईको हरेक कुरालाई रेकर्ड गर्छ र फेरि तपाईले रोजेको भाषामा अनुवाद गरेर भन्छ । यद्यपि यो प्रक्रियाका लागि केही समय लाग्छ । तर, पनि राम्रो कुराकानी सम्भव छ । अहिले सुरुमा यो सुविधा ९ भाषामा उपलब्ध छ ।

जसमा अग्रेजी, स्पेनिस, फ्रेन्च, जर्मन, चाइनिज, इटालियन, पोर्चुगाली, अरबी र रसियन छन् ।

कसरी चलाउने ट्रान्सलेटर ?

यदि तपाईलाई स्काइप अनुवादको सुविधा चाहिएमा सबैभन्दा पहिले विन्डोज इन्साइडर प्रोग्राममा गएर रजिस्टर गर्नुपर्छ । यसका लागि स्काइप पि्रभ्यूको नयाँ भर्सन अपडेट गर्नुपर्छ । नयाँ स्काइप एपमा ट्रान्सलेटको विकल्प डाइल प्याडमा नै हुनेछ । यसमा क्लिक गरेपछि भाषा छनौट गर्न सकिन्छ ।

त्यसपछि कल गर्नुस् । स्काइपले भनेको छ कि यसको जति धेरै प्रयोग हुन्छ, सुधारका लागि त्यति नै बढी मौका मिल्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको