अनुहार चम्काउने घरेलु उपाय

पुस ३, २०७३

एजेन्सी : सुन्दर, चम्किलो र आकर्षक अनुहार होस् भन्ने सबैको चाहाना हुन्छ । यसका लागि मानिसले धेरै प्रयास पनि गरेका हुन्छन् । तर सजिलो, सुलभ र छोटो समयमै घरायसी सामग्रीको प्रयोगबाट अनुहारमा सुन्दरता ल्याउन सकिन्छ । यी सामग्रीको यसरी प्रयोग गर्नुस् :

face-bright-2

–मुसुरीको दालको धुलो बनाउने, यही धुलोले दिनको एक पटक मुख धुने । जसले गर्दा अनुहार चम्किलो हुन्छ ।
–अनुहारमा चिल्लोपना, दाग, ससाना फोकाहरु छन् भने मुख धुनुअघि दैनिक कागतीको रस लगाउनाले छाला चम्किलो, गोरो हुनका साथै दागहरु हट्छन् ।
– अनुहारमा धेरै कालो दाग वा चिल्लोपना आएको छ भने टमटरको लेदो बनाई लगाउनुस् । २० मिनेट राखेपछि सफा गर्दा अनुहारमा चमक बढ्नुका साथै कालो दाग हट्छ ।
–अनुहारमा फोका वा चाउरी पना देखा परे मेवाको लेपन लगाई, १५–२० मिनेट राख्नुस् अनि सफा गर्दा अनुहार मुलायम हुन्छ र चमक पनि आउँछ ।
–अनुहारमा बढी नै चिल्लो आउँछ भने काँक्राको रस बनाएर लगाई १० मिनेट राख्नुस् र चिसो पानीले धुनुस् अनुहार धेरै राम्रो हुन्छ ।
– आँखा वरिपरि कालो दाग छ भने आलुलाई मसिनो पारेर कोर्नुस् आँखाको माथिल्लो भागबाट वरिपरि लगाई १५ मिनेट जति राख्नुस् र सफा गर्दा वरिपरिको दाग हट्छ । यो प्रक्रिया ३०, ३५ दिन नियमित गर्नुपर्छ ।
–मह र केरा मिसाएर १०, १५ मिनेट राख्नुस् अनि सफा गर्दा अनुहारमा ताजकिपन आउँछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको