जहाँ हेला र तिरस्कारको पात्र बनिन्छ, त्यहाँ आफ्नोपन र मौलिकताको झन माया लाग्दो रहेछ

पुस १०, २०७३

पुर्बेली लोक संगीतक जानकर बरिसत सर्जक सरसठ शम्भू राइ संग सहकर्मी केशव भट्ट ले गर्नुभएका सात प्रश्न

10410651_826175844134567_7475714706642713000_n

 

१) पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

– म एउटा कलाकार मान्छे गीत संगितकै यात्रामा यस क्षेत्रकै वरिपरि रहिरहेको छु र यसकै व्यस्त छु । स्वदेश तथा विदेशमा हुने स्टेज कार्यक्रममा पनि बेलाबेलामा सहभागिता भइरहेको हुन्छु ।

२) यहाँको परिचय, साँस्कृितक र पृष्ठभूमिको हिसाबले कसरी चिनाउन चाहनुहुन्छ ?

– म शम्भू राई मेरो जन्म धनकुटा जिल्लाको चुङ्वाङ गाविस वडा नं ४ , म मेरो बाबुआमाको एक्लो छोरो , मलाई आफ्नो बाबुको अनुहार राम्रोसँग याद भएन म १८ महिलाको हुँदा मेरो बाबु वित्नुभाको भनेर आमाले सुनाउनुहुन्थ्यो । आमा पनि अहिले हुनुहुन्न ।

३) तपाईं सानो छँदा गाउँको साँस्कृितक माहोल कस्तो थियो ?

– म ५ कक्षामा पढ्दा शैक्षिक सामग्रीको अहिलेजस्तो उपलब्धता थिएन । त्यस बेलाको गीत संगितको माहौल कुरा गर्नुपर्दा रेडियो नेपालबाट गीतहरू बजेको सुनिथ्यो ।हाम्रो गाउँघरमा चाँही बिनायो, मादल, मुर्चुगां, बासुरीजस्ता बाजाहरू हुन्थे जसका माध्यमबाट हामीले गाउँमा हुने विभिन्न कार्यक्रममा हाम्रो कला र संस्कृति झल्कने नाचगानहरू गर्थ्यौँ । उधौली उभौली तथा विभिन्न चाडपर्वहरूमा गाउने नाच्ने गरेर दिनहरू बिताइन्थ्यो । ती बाजागाजाहरू हाम्रो गाउँमा अहिले पनि बज्छन् । मादल हाम्रोनियम , बाँसुरीजस्ता बाजाहरू बजाएर रमाइलो गर्ने प्रचलन अहिले पनि छदैछ ।

४) पारिवारिक समस्या र संघर्षका बाबजुत सांगेतिक क्षेत्रलाई कसरी निरन्तरता दिनुभयो ?

– म भयङ्कर गायक हुन्छु अथवा यश क्षेत्रमा व्यवसायीक रूपमा जम्छु भनेर चाँही मैले कल्पना समेत गरेको थिइन । गाउँघरमा हुने हाटबजार मेलापात तथा स्कुल कार्यक्रममा भाग लिने गर्दथे जसमा आफ्नै गाउँ र पाखाका प्रस्तुतिहरू हुन्थे । त्यस्तै क्रममा गाउँघरमा मेलापात जाँदा हलो जोत्ता तथा भारी बोक्दा यस्तै परिवेशका गीतहरु गाइन्थ्यो र यस्तै परिवेशमा अगाडि बड्दै गइयो । यो अवस्था सम्म आइपुग्न धेरै कठिन मेहनत संघर्ष र उकाली ओरालीहरूमा पार गर्नुपर्यो । हजारौं दुखका माझ सांगीतिक क्षेत्रमा परिचित भएर जम्ने किसिमको काल्पनिक सुक सम्झेर अगाडी बड्ने प्रेरणा मिल्यो । जीवन एउटा संघर्ष्शिल यात्रा हो । जीवनदेखि थाकेर बस्छु नभन जीवनदेखि हारेर बस्छु नभन भन्ने गीतको भावलाई मध्यनजर गर्दै अगाडि बढिरहेँ ।

५) रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराउँदाका क्षण र संघर्षलाई कसरी सम्झनुहुन्छ ?

– मैले पहिलोपटक वि.सं २०४२ सालमा आलु दम चना भन्ने गीत रेडियो नेपाल बाट रेकर्ड गराएको हुँ । त्यस बेला स्वर परीक्षा पास गरेर प्रवेश गरेको हुँ । दुख त छँदै थियो त्यसका साथसाथै रमाइलोको अनुभूती पनि हुँदै थियो । गीत रेकर्ड गर्दा हामी ३/४ जना थियौँ । त्यसबेला यो आलुदम चना भन्ने केहो यो ? कस्तो गीत हो भन्ने खालको ठट्यौली र खिसिट्यौरी पनि भए । मैले चाँही जसरी आलुमा चना मिसाउँदा मिटो हुन्छ त्यसरीनै सांगेतिक क्षेत्र पनि यसैसंग तुलना गर्न खोजेको हुं । म भर्खर गाउँ बाट आएको हुनाले सबैले हेला गर्थे र खिसिट्यौरीको पात्र बनिन्थ्यो । तर जहाँ हेला र तिरस्कारको पात्र बनिन्छ त्यहाँ आफ्नोपन र मौलिकताको झन माया लाग्दो रहेछ ।
६) वर्तमान समयमा नेपाली मौलिक गीत संगीत र संस्कृतिमा विकृति झ्या·िदै छ, कलाकार भनाउँदाहरूले गीतसंगीतलाई मौलिकता संरक्षण भन्दा पनि कमाउने भाँडाको रूपमा प्रयोग गरिरहेको छन् , यश विषयमा तपाईंको धारणा के छ ?

– विकृति आकै हो भन्दा पनि विकृति ल्याउन खोजिएको हो । त्यसमा नाम कमाउने कि दाम कमाउने भन्ने दुईवटा कुरा हुन्छ । दाम त जसरी पनि कमाउन सकिन्छ नि तर त्यो वर्तमान समयमा राम्रो भन्दा पनि नराम्रो पक्षबाट कमाइन थालिएको छ । नाम भयो भने दाम त त्यसै बिस्तारै भइहाल्छ । नाम भएपछि साथमा हजारौं हजारको नोट बोकेर हिँड्नु पर्दैन परिचित भएपछि मलाई यस्तो समस्या पर्यो यस्तो सहयोग चाहियो भनेर हारगुहार लघाउन सकिन्छ । बिगतमा धर्मराज थापा , कुमार बस्नेत , राम थापा लगायतले गाएका गीतहरू गाउँबाट आएका टिपिकल र मौलिक शब्दहरू थिए । ती गीतहरूले पैसा कमाए कि कमाएनन् त्यो छुट्टै पाटो रह्यो तर ती शब्दहरूले नेपाली जनजिब्रोमा सदावाहार छाप भएर बस्न सफल भएका छन् के बालक के वृद्ध सबैको मनमुटुमा यी कलाकारहरू बस्न सफल भएका छन् ।अहिले पछिल्लो समयमा बजारमा निस्केका उताउला गीतसंगीतले पैसा त कमाउलान् तर ती गीतहरू पछिल्लो पुस्तासम्म र युगौँयुगसम्म सदावाहार भएर रहन सक्दैनन् । तसर्थ सांगीतिक क्षेत्रलाई पैसा र दामको तालमेल संग तुलना गर्न मिल्दैन ।

11080886_820839198001565_8304267485603475243_n
७) अन्तमा केही भन्न चाहनुहुन्छ कि ?

– हामी व्यवसायीक बन्ने हो भने अन्य थुप्रै पेशा अपनाउन सक्छौं तर लोक संगीत र मौलिकतामा विकृति भित्र्याएर व्यवसायीक बन्ने प्रयत्न गर्नु हुन्न । नेपाली दर्शक तथा श्रोताहरूलाई हामीले गीत गाएर समाजमा के कस्तो सन्देश दिने भन्ने कुरामा कलाकारूले ख्याल गर्नु पर्ने हुन्छ । नेपाली पन र आफ्नो संस्कृति सबैभन्दा उच्च रहन्छ । यसलाई हामीले कदापि बिर्सिनु हुन्न अब आउने पुस्ता र पीडिले नेपाली कला र संस्कृतिलाई राम्ररी बुझ्ने संरक्षण गर्ने काममा लागि परुन् । व्यवसायीक रुपमा पनि आउनुहोस् तर विकृति विसंगति भित्र्याएर होइन भन्न चाहन्छु । नेपाली मौलिक कला र संस्कृति बारे मेरो केही भावनाहरू अभिव्यक्त गर्ने मौका दिनुभएकोमा तपाईंहरू प्रति हार्दिक आभर प्रकट गर्न चाहन्छु ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको