तन अमेरीकामा मन नेपालमा

५ वर्ष अगाडि

नेपाली सांगीतिक फाँटमा एउटा नयाँ नाम जोडिएको छ । नेपाली संगीतमा आफुलाई प्रमाणित गर्ने कार्यको सुरूवात आफ्नो एकल रचना तथा संगीतमा अमेरिका बसोबास गर्दै गरेका येदिन गजमेरले आफ्नो शोलो फस्ट भजन एल्बम मेरो प्राणनाथ बजारमा ल्याएका छन् ।

15731433_1864722450334496_2033113676_n

बिभिन्न नेपालका चर्चित गायक, गायिकालाई समाबेश गरि मेरो प्राणनाथ भजन एल्बम तयार पारी एल्बमको अमेरीकामै एक कार्यक्रमबिच आफ्ना आमा बुवाको हातबाट एल्बम बिमोचन गरे । सोहि एल्बममा चर्चित गायकहरू रामकृष्ण ढकाल, अनुप रेग्मी , कर्मा शेर्पा, धन बराईलि, जेनिशा पौडेल, अनुश्का पाठक, निकि गुरूङ जस्ता गायक तथा गायिकाको स्वर सुन्न पाईन्छ ।

15731543_1864722470334494_94610140_n

यो एल्बम सुरूवातबाट यहां सम्म ल्याउन मा गायक तथा संगीतकार अनुप रेग्मीको ठुलो सहयोग रहेकोमा गीतकार तथा संगीतकार येदिन गजमेर खुसि ब्यक्त गर्दछन् र साथै केहि महिना पछी दोस्रो शोलो आधुनिक एल्बम तयार पार्ने घोषणा पनि गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट