काभ्रे जिल्ला कमिटिको बैठक बस्दै नबसी स्थगित, पार्टी अफिसमा पदाधिकारीबिच बाझाबाझ

पुस १८, २०७३

काठमाडौँ  :  अधिवेशन भएको एक वर्षमा बोलाईएको नेकपा एमाले काभ्रे जिल्ला कमिटिको बैठक बस्दै नबसी भाडभैलो भएको छ । नेकपा एमाले केन्द्रिय कमिटीले संचालन गरेको चार महिने जन परिचालन अभियान संचालन सम्बन्धमा केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उपस्तिथिमा बोलाइएको बैठक पार्टी अध्यक्षले कुनै एजेन्डा प्रस्तुत गर्न नसके पछि सुरु नै नभई स्थगित भएको छ ।

uml

यस अघि गत वर्ष भएको बैठकमा पनि माधब नेपाल पक्षका टोक बहादुर वाईबा ६३ सदस्यीय जिल्ला कमिटिमा पाँच सदस्य सहित जिनो सख्यामा रहेका कारण बहुमत जिल्ला सदस्यको भावना विपरित आफ्नो सानो गुटको मात्र कुरा गर्दा एक्लिएका थिए । उनले पार्टी जिल्ला कमिटीले गरेको कार्य विभाजन विपरित विज्ञप्ति निकालेर जिल्लामा बिबादको सुरुवात गरेको ओलि पक्षका नेताहरुको आरोप छ ।

अधिवेशनको एक वर्ष बितिसक्दा पनि कार्यविभाजन लगाएतका कुरामा कुरा मिल्न नसकेकोले शनिवार बोलाएको बैठक सबै विषयमा छलफल हुनुपर्ने अध्यक्ष बाहेकका पदाधिकारीले माग गरेको तर अध्यक्षले २२ गतेको सभाको विषयमा मात्र छलफल गरेर फेरि बैठक टार्न खोजेको आरोप बाँकी पदाधिकारीले केन्द्रीय नेताहरुको अगाडि राखेका थिए। केन्द्रिय उपाध्यक्ष तथा प्रदेश प्रमुख शाक्य सहित उप प्रमुख काशीनाथ अधिकारी,केन्द्रिय सदस्य शेरबहादुर तामाङ र जिल्ला ईन्चार्ज ईश्वरी रिजालले पनि दस घन्टा बस्दा पनि समस्याको हल निकाल्न सकेनन् ।

जिल्ला सदस्य चौरमा पार्टी अफिसमा पदाधिकारी बिच बाझाबाझ

बिहान ११ बजे बोलाएको जिल्ला कमिटी बैठकमा पुगेका जिल्ला सदस्य बैठक हलमा पुग्नै नपाई बैठक स्थगित भएको हो ।बेलुका पाँच बजे सम्म चिसोमा चौरमा बसेका सदस्य हरुले पाँच बजे पछि केन्द्रिय सदस्यहरु र जिल्ला नेताहरु बसेको कोठामै गएर बैठक माग गरेर हल्ला गर्न थाले पछि स्थगित भएको घोषणा गरिएको थियो ।

जति बेला चौरमा चिसो खाएर जिल्ला सदस्यहरु बसिरहेका थिए त्यतिबेला केन्द्रीय नेतृत्व ,जिल्ला पदाधिकारी र जिल्ला नेता गोकुल बास्कोटा र बिदुर सापकोटा सहित सहमतिका लागि बसिरहेका थिए तर सो बैठकको बिषयलाई लिएर पदाधिकारी बिच बाझाबाझ चलिरहेको थियो । पार्टी अध्यक्ष २२ गतेको बिषयमा मात्र छलफल गर्न चाहाने तर अरु पदाधिकारी सबै बिषयमा छलफल गरि पार्टिलाई विवाद रहित बनाउदै अभियानमा लाग्नु पर्ने कुरा राख्दा कुरा नमिल्दा बाझाबाझ हुन पुगेको थियो ।

किन चुप बसे बास्कोटा र सापकोटा ?

जिल्लामा पार्टीको लामो समय नेतृत्व गरिसकेका बास्कोटा र सापकोटा भने शनिवारको बैठकमा चुव बसेको देखेर केन्द्रिय नेतृत्व देखि जिल्ला नेताहरु पनि अचम्मित पुगेका छ्न । सामन्यतया आफै नेतृत्व लिन रुचाउने बास्कोटा किन चुब बसे सबैको चासोको बिषय बनेको छ । उनी निकट नेताका अनुसार उनिआफु निकटका पदाधिकारीलाई पनिआफु जस्तै लडाकु बनाउन चाहान्छ्न त्यसैले यो समस्याको हल निकाल्ने जिम्मा पनि पदाधिकारीलाईनै दिएका थिए ।

सधैं विरोधी संघ कडारुपमा प्रस्तुत हुने उनको छवि मेटाई उनी जिल्लाको सर्बसम्बद नेता बन्न चाहान्छन र जिल्लाको नेतृत्व हस्तान्तरण गर्न चाहेकोलेनै चुब बसेको उनी निकटकाको तर्क छ । विवाद आउन नचाहने भएकोले सापकोटा चुप बसेको उनी निकट नेताले बताए । तर अर्का एक नेताका अनुसार बिदुर सापकोटा अध्यक्ष टोक बादुर वाईबा संग बिस्वस्त नभएकोले चुप बसेको तर्क गर्छ्न । उनका अनुसार पटक पटक वाईबाले सापकोटालाई धोका दिएको र फेरि पनि दिन सक्ने भएकोले पर्ख र हेरको स्थितिका रहेका हुन ।

हुन त अब काभ्रेमा दुईवटा मात्र निर्वाचन क्षेत्र हुन्छ । बास्कोटा ओलि पक्षका सर्वसम्बत नेता हुन र जिल्लामा ओलि पक्ष बलियो पनि छ । तर कुनै हिसाबले एक एक सिट बाडियो भने पनि को हुने भन्नेमा सापकोटा र वाईबा बिच कुरा मिल्ल सकेको छैन। वाईबा पनी माननियका आकान्छी हुन त्यसैले कमजोर भैसकेका सापकोटाले वाईबा र नेपाल गुट प्रयोग गरेर आफू शक्तिमा फर्कन चाहेको एक नेताले बताए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको