सार्वजनिक कार्यक्रममा अनिवार्य नेपाली टोपी लगाउने नवलपुर क्षेत्रका युवाहरुको सामुहिक प्रतिवद्धता

पुस १८, २०७३
नवलपुर क्षेत्रका युवाहरुले सार्वजनिक कार्यक्रमहरुमा सहभागिता जनाउदा नेपालि टोपि लगाएर मात्र सहभागी हुने सामुहिक प्रतिद्धता जनाएका छन । हाम्रो सान हाम्रो पहिचान,नेपालि टोपि अभियान भन्ने नारा सहित चौथौं राष्ट्रिय टोपि दिवश मनाइरहेको सन्दर्भमा नवलपुर एफ एमको आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नवपुर क्षेत्रका युवाहरुले यस्तो यस्तो प्रतिबद्धता जनाएका हुन ।
15822395_1246356228745913_526205584_n
मोफसलमा पहिलो पटक अयोजित कार्यक्रमको नारा भने मनमा राष्ट्र प्रेम शिरमा नेपाली टोपी भन्ने अभियानकासाथ आफनो पहिचान जोगाउनका लागि सबै एक जुट भएर लाग्नुपर्ने बोल्ने बक्ताहरुले बताएका थिए । नेपाली पहिचान मेटिएको भन्दै नेपाली पहिचानका रूपमा नेपाली टोपीलाई प्रवर्धन गर्नको लागि कार्यक्रमको आयोजना गरेको नवलपुर एफ एमका प्रबन्ध निदेर्शक तिर्थ राज भुसालले बताउनुभयो । कार्यक्रममा वोल्दै नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका महासचिव हरिष चन्द्र पोख्रेलले सार्वजनिक कार्यक्रममा सहभागि हुदाँ सदा नेपाली टोपीमा सहभागी हुने प्रतिवद्धता जानाए संगै अन्य सहभागी नवलपुर क्षेत्रका वुद्धिजिवी तथा अग्रजहरुले समेत सहमति जनाएका थिए । कार्यक्रममा नवलपुर क्षेत्रका सामाजिक संघसस्था, व्यवसायी तथा शैक्षिक व्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।
15841483_1246356242079245_441803493_n
चौथो टोपि दिवश नेपालसहित डायस्पोराका नेपालीलेविभिन्न कार्यक्रम गरि मनाएका छन । । विगत तीन वर्षदेखि जनवरी १ लाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको छ । सुरु–सुरुमा नेपाली टोपी लगाएर खिचिएको तस्बिर सामाजिक सञ्जालमा राखेर नेपाली टोपी दिवस मनाइदै आए पनि गत बर्ष देखि विभिन्न् कायृक्रम गरेर मनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।