माया गर – पार्वती तीवारी

पुस २९, २०७३

parbati tiwari
                            पार्वती तीवारी

 

पुर्खाले आर्जेको भुमिलाई माया गर
चादनी जस्तै टल्कने ती चुलिलाइ माया गर ।

तराईका फाटं चुम्दै, लेक अनि बेसि डुल्दै
यो देशको हावापानी अनि गोधुलिलाई माया गर ।।

सयांै जात भाषा भाषि इन्द्रेणी झै सस्कृतिलाइ
डेउडा, रोघि, बालन र सोरठीलाई माया गर ।

तिमी भित्रै धडकेको छ, सुनी हेर ! नेपाल यो
आफ्नोपनमा फुल्ने बेलि,चमेलिलाइ माया गर ।।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको