मह र लसुन सेवनले चामत्कारिक फाइदा

माघ २, २०७३

lasun. r honey

काठमाडौं : लसुन र महको बारेमा जानकारी नहुने सायदै कम मान्छे होलान् । हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ । लसुन मसलामात्रै नभएर यो औषधि पनि हो । यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्सन कम गर्नसमेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रियालाई समेत फाइदा पु¥याइरहेको हुन्छ । हनी पनि चिसोको एक अचुक औषधि हो । यसको नियमित सेवनले हामीलाई चिसोबाट जोगाउँछ भने छाला चम्किलो राख्न पनि मद्दत गर्दछ ।
बनाउने तरिका
दुई, तीनवटा लसुनको पोटी पिसेर पेस्ट बनाउने । त्यसमा ताजा (काँचो) मह मिसाउने । मि श्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।

लसुन र महको महत्व
लसुनजस्तै मह पनि मानिसका लागि औषधीय गुणले भरिपूर्ण छ । लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ । मह र लसुनबाट बनाइएको ‘पेस्ट’ सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।
रुघाखोकीमा फाइदा
लसुन र महको मि श्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाईंलाई रुघाखोकीबाट जोगाउँछ ।
मुटुका लागि फाइदा
लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत पुग्छ । यसले मुटुमा जमेर बसेको विकारलाई बाहिर निकाल्छ । यसले मुटुका धमनी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।
पाचनक्रियामा लाभ
यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणाली सबल भयो भने पेटका कारण सुरु हुने अन्य बिरामी लाग्नबाट जोगाउँछ ।
लसुन र महको पेस्टले शरीरमा जम्मा भएको फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनर’को काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।
पखालाबाट छुटकारा
यति तपाईं पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईंका लागि ‘अमृत’ हुनसक्छ । यसको सेवनले पाचनप्रणालीले राम्ररी काम गर्न थाल्छ । यसले तपाईको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुनसक्छ ।
घाँटीको इन्फेक्सनमा फाइदा
लसुन र महको पेस्ट घाँटीको इन्फेक्सनमा पनि त्यत्तिकै लाभकारी मानिएको छ । यसको मि श्रणमा एन्टी(इन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको