नेपाल पत्रकार महासंघ मेरो एफएम प्रतिष्ठान शाखाको छैठौ साधारणसभा सम्पन्न, सभामा नवकार्यसमिति चयन

चैत्र १, २०७३

DSC03087

नेपाल पत्रकार महासंघ मेरो एफ.एम. प्रतिष्ठान शाखाको तेस्रो महाधिवेशन तथा छैठौ साधारणसभा सम्पन्न भएको छ । उक्त शाखाको साधारणसभामा नयाँ कार्यसमितिको अध्यक्षमा बिन्दु त्रिपाठी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

DSC03119

त्यस्तै उपाध्यक्षमा मधुसुधन पाठक र महिला उपाध्यक्षमा सर्मिला परियार रहेकी छिन् भने सचिवमा मोहन श्रेष्ठ, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा सृजना श्रेष्ठ तथा सदस्यमा अनिता घिमिरे रहेका छन् । बाँकी सदस्य हरु नव कार्यसमितिलाई थप गर्ने गरि जिम्मेवारी दिएको छ ।

DSC03130

त्यसैगरी केन्द्रीय पार्षदमा हरिवल्लव नेपाल, बलराम श्रेष्ठ, जयराम सिग्देल, सिमा शर्मा र कालिका शिवाकोटी तथा प्रदेश पार्षदमा राजिव खत्री, प्रियंका बुढाथोकी, रविन्द्र गौतम, तारा फुयाल, र सुरेन्द्र थापा चयन भएका छन् ।

DSC03123

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाका संयोजक एवं प्रमुख अतिथि सुरज आचार्यले श्रमजिवि पत्रकाहरुहरुको शुद्धिकरण प्रतिष्ठान शाखाहरुबाटै हुनुपर्ने बताए । उनले न्युनतम पारिश्रमिक कार्यान्वयन, नियमित र श्रमजीवी पत्रकारहरुले मिडिया हाउसमा कार्यरत पत्रकारहरुले छाड्दा के उपलब्धि प्राप्त हुन्छ भन्ने निक्र्यौल हुने वातावरण बनाइनु पर्ने भनाइ व्यक्त गरेका थिए ।

DSC03089

मेरो एफएमका प्रवन्ध निर्देशक बलराम श्रेष्ठले आफु पनि श्रमजीवी पत्रकार नै भएकोले श्रमजीवि पत्रकारका हक हितका बारेमा आफुलाई पूर्ण जानकारी भएको र लागू गर्न कट्टीवद्ध रहेको जानकारी गराए ।

DSC03076

त्यसैगरी नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले न्युनतमपारिश्रमिक कार्यान्वयन हुनुपर्ने र नियमित हुनुपर्नेमा जोड दिए ।

DSC03094

DSC03140


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको