सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
नायिका केकी अधिकारी पछिल्लो समय फिल्ममा त्यति ब्यस्त नभएपछि उनका एकपछि अर्को गर्दै नयाँ भिडियोहरु धमाधम आउन थालेका छन् । म्यूजिक भिडियो क्विन उपनामले समेत परिचित नायिका केकी गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतमा केकीले दमदार अभिनय प्रस्तुत गरेकी छिन् ।
अभिनयमा केकीलाई नरेनले साथ दिएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेको मनसँग मन बोलको गीतको भिडियोमा अहिलेसम्म नगरेको रोलमा समेत अभिनय गर्न भ्याएकी छिन् । भिडियोमा केकी पहिलो पटक बृद्धाको भुमिकामा देखिएकी छिन् ।
काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् । अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ ।
दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायांकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् । हरि ढकाल कन्सेप्ट निर्देशक रहेको गीतको बजार ब्यबस्थापन बुढा सुब्बा म्यूजिकले गरेको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका