स्काउटिङभित्रको तथ्यपरक चिरफार : ‘स्कार्फ’ – राजिब खत्री
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
कमरेड उद्धव खरेलसँग औपचारिक चिनजान भएको धेरै भएको छैन । कपनमा स्थायी रूपमा बसोबास गर्न थालेकै १०–११ वर्ष भैसकेछ । त्यहीँ रहँदा पार्टी पङ्क्तिमा उहाँको नाम सुनेको थिएँ । विगत दुई वर्षयता म कपनको घर–वस्ती छाडेर चपली, भङ्गालस्थित महादेव कोलोनीमा बस्न थालेदेखि उहाँसँगको भेटघाट बाक्लिन थालेको हो । कोलोनीमा टोल सुधार समितिका हरेक भेला, बैठकमा सकभर उपस्थित हुने र स्थानीय समस्या समाधानमा सक्दो सहयोग पु¥याउने उहाँको स्वभावले गर्दा स्थानीय बासीविच उहाँ प्रिय व्यक्तित्वको रूपमा चिनिनुहुन्छ ।
कपन छाडेपनि म कपनको साहित्यिक, शैक्षिक संघसस्थामा अहिले पनि क्रियाशील छु । कपन साहित्य समाजको वर्तमान अध्यक्षको हैसियतले यसले गर्ने गरेको साहित्यिक कार्यक्रममा समेत उहाँको उपस्थिति रहने गरेको र कविताका माध्यमबाट स्थानीय सरोकारका विषयलाई उठाउने उहाँको कविता सोचसँग पनि म परिचित छु । बुढानिलकण्ठ नगरपालिकाको सम्पूर्ण तस्बिर आउने गरी त्यहाँको समस्या समाधानको लागि उहाँले देखाउनुभएको सिर्जनशील सोचलाई मूर्त रूप दिने अवसर अहिले उहाँले पाउनुभएको छ । २०५४ सालको निर्वाचनमा चपली–भद्रकाली गा.वि.स. अध्यक्ष निर्वाचित भएपछि जनसाधारणसँग एकाकार हुँदै उहाँले स्थानीय क्षेत्रको उन्नति–प्रगति समृद्धिका लागि खेल्नुभएको भूमिकाको स्थानीय वासिन्दाहरू अहिले पनि मुक्तकण्ठले प्रशंसा गर्छन् ।
उहाँको व्यक्तित्वको सुन्दर पक्ष उहाँको सिर्जनशील सोच नै हो । आफ्ना योजना कार्यक्रमलाई मूर्त रूप दिन सधैँ ऊर्जाशील रहने उहाँ नगरवासीहरुका समस्याहरु मात्र होइन, व्यक्तिका स्वभाव, रुचिका बारेमा समेत जानकार हुनुहुन्छ । जहिले पनि सकारात्मक सोचका साथ क्रियाशील उहाँ भीडबाट वहकिनु हुन्न । नेता भएपछि अरूलाई कार्यकर्तामात्र देख्ने रोग पनि उहाँमा छैन । जवाफदेही भूमिकामा रहेपछि उपदेशक बन्ने रोगले पनि उहाँलाई छोएको देखिन्न । सरल र इमानदार व्यक्तित्व उहाँको विशिष्ट परिचय हो ।
बुढानिलकण्ठ नगरपालिकामा एमालेको तर्फबाट मेयरको उमेदवार भइरहनुहुँदा पनि नगरवासीको आँखामा उहाँ असल व्यक्तिका रूपमा सम्मानित हुनुहुन्छ । नगरपालिका प्रमुख भएमा प्रशासनिक संरचनामा फेरबदलसहित स्थानीय जनसाधारणलाई छिटो–छरितो सेवा सुविधा प्रदान गराउने कुरामा उहाँ जति सचेत हुनुहुन्छ, नगरको स्रोत र साधनको उपयोग गरी भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रबर्धन, सडक–यातायात सञ्जालले काठमाडौँको उत्तरी भेगलाई सबै नगर, गाउँ, बस्तीसँग जोड्ने उहाँसँग सुस्पष्ट योजना कार्यक्रम छ ।
राजनीति पैसा, पाखुरा र शक्तिले मात्र चल्दैन । जनताको आड भरोसा र विश्वास सच्चा, इमानदार नेताको लागि सवैभन्दा ठुलो शक्ति हो । जनताको आड, भरोसाको केन्द्रका रूपमा उहाँ अनुमोदित हुनुहुनेछ र उहाँको सोच, कार्यक्रम, योजनाले परीक्षित हुने अवसर प्राप्त गर्ने नै छ । यस क्षेत्रमा उहाँ र उहाँको नेतृत्वको टिमले वडा स्तरमा पनि विजय हाँसिल गर्ने कुरामा पूर्ण विश्वस्त छौँ ।
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल
विदुर । सरकारले बुधबार नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्शाको