जेष्ठ ७, २०७४

दर्शक श्रोतामाझ लोकप्रिय बन्दै योजनाको समर्पण

बजारमा आएको छोटो समयमै गायिका योजना पुरीको दोस्रो एल्वम दर्शकश्रोतामाझ लोप्रिय बन्दै गईरहेको छ । पुरीले केहि समयअघिमात्र आफ्नो जन्मदिनको अवसर पारेर निः साहाय सेवा सदन बृद्धा आश्रममा एल्वम विमोचन गरेकी हुन् ।

सुमधुर स्वरकी धनी योजनाले ३ वर्ष अघि आफ्नो मनै त हो एल्बम बजारमा ल्याएकी थिईन् । सबै खाले गित गाउन रुचाउने योजनाले दोस्रो एल्बममा भने सबै प्रकारका गितहरु समावेस गरेको बताउँछिन् ।

योजनाको दोस्रो एल्वम समपर्णमा उनकै आवाजमा रहेका पाँच ओटा गीतहरु रहेका छन् भने एउटा बोनस ट्र्याक पनि रहेको छ । पबि घिमिरे, दिप गरिी, नवराज खड्का, राजाराजेन्द्र, गणेश सुवेदी लगायतका सर्जकहरुको शब्द रहेको उक्त एल्वममा राजु सिंह, रियाज शिवाकोटी, राजाराजेन्द्र, राजेश श्रेष्ठ, राजिब शाहलगायतका संगितकारहरुले संगीत दिएका छन् ।

राजिब शाह, अशोक राई, ओम सुनार, कुशल सिंह लगायतले एरेन्ज गरेको सार्पण एल्वमको बजार व्यवस्थापन भने खुल्ला सञ्चार प्रा। लि। ले गरेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको