गजल : गुज्री रहेछ जीवन…

असार २७, २०७४

hhगुज्री रहेछ जीवन महँगी यो अभावमा !
देश हिंडी रहेछ सँधैं सँधैं यो तनावमा !!
चुनावको लहरमा आज हिंसा बढ्दै जाँदा,
परिणाम कस्तो आउला भोलिको त्यो चुनावमा !
आचार संहिता नाघेर उम्मेदवारहरूले,
पैसा लगानी गर्दैछ बेखवर हिसाबमा !


झुठको राजनीति यहाँ अपरम्पार छ जहाँ,
मात्र घोषणापत्र हो देखावती किताबमा !


हात जोडी घर – दैलोमा कसरी विश्वास गर्ने,
ठूला – ठूला भाषण गर्ने राति राति सराबमा !

– कृष्टिना उपाध्याय !


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको