बच्चालाई भान्साको काम सिकाउनुहोस्, यस्तो छ फाइदा

एजेन्सी असार २७, २०७४

बच्चालाई भान्साको काममा पनि अभ्यस्त गराउनु पर्छ । जब बच्चा भान्सामा काम गरिरहेका देखिन्छन्, माहौल रमाइलो बन्छ । साथसाथै उनको स-सना हर्कतले मनलाई मोहित तुल्याउँछ । सोच्नुहोस् त, उसको साना औंलाहरुले आटा गोलो बनाएको, कचौरामा तरकारी मिलाउने प्रयास गरेको दृश्य कति रमाइलो हुन्छ ।

kids-care-1-3

भान्साको माहौल रमाइलो बनाउन मात्र होइन । स्वंम बच्चाले भान्साको कामबाट जीवनोपयोगी गुणहरु सिक्छन् ।

रचनात्मकतालाई प्रोत्साहित गर्ने

बच्चालाई त्यस्तै खानेकुरा बनाउन सिकाउनुपर्छ, जो सजिलो र छरितो होस् । जस्तो चिया पकाउने, अण्डा उसिन्ने । यससँगै उनीहरु क्रमस भान्सामा काम गर्न अभ्यस्त हुन्छन् । तर, बच्चाको काममा कतै बाधा नगर्नुहोस् । उसको इच्छा अनुसार खानेकुरा पकाउन दिनुहोस् ।

बिज्ञान र गणितको ज्ञान

जब बच्चा भान्सामा काम गर्न सिक्छन्, त्यसले उनीहरुमा धेरै फाइदा पुग्छ । एक त उनीहरुले श्रम गर्न सिक्छन्, पाककलाको ज्ञान पाउँछन् । सहयोग गर्ने बानीको विकास पनि हुन्छ । यससँगै शैक्षिक ज्ञान समेत हासिल गर्न सक्छन् ।

अन्डा गन्न, आधा कप दुध नाप्ने जस्ता सानोतिनो कामले उनीहरु थाहै नपाई गणितिय ज्ञान आर्जन गर्न पुग्छन् । साथै घोल्ने, जमाउनेदेखि तापमान सम्बन्धी अन्य कुरा भान्सामा व्यवहारिक रुपमै सिक्छन् ।

निर्देशन पालना गर्न सिकाउने

कुक बुकको रेसेपी पढेर त्यही अनुसार खानेकुरा पकाउन सिकाउन सकिन्छ । यसले उनीहरुको शब्द ज्ञान समृद्ध हुन्छ । साथसाथै शब्द उच्चरणमा पनि सुधार हुन्छ । यसका साथै कुनैपनि निर्देशनलाई कसरी कुशलतापूर्वक पालना गर्ने भन्ने कुरा पनि सिकाउन सकिनेछ ।

खानाको पोषणको बारेमा जानकारी

जब बच्चा खाना बनाउने प्रक्रियामा समेल हुन्छन्, उनीहरु त्यही खानेकुरा खान उत्सुक रहन्छन् । किनभने आफुले पकाएको खानेकुरा कस्तो भयो होला भन्ने कौतुहलता हुन्छ । यस हिसाबले उनीहरुमा खानेकुरामा रुची जाग्न थाल्छ । साथै कुन खानेकुरामा कस्तो गुण हुन्छ भन्नेदेखि त्यसलाई कसरी प्रयोग गर्ने भन्नेसम्मको जानकारी मिल्छ ।

भान्सामा सुरक्षित रहन सिकाउने

बच्चालाई किचनमा आमन्त्रित गरेपछि उसलाई सुरक्षित ढंगले काम गर्न पनि सिकाउनु पर्छ । भान्साका सामग्रीहरु जस्तो ग्याँस चुल्हो, मिक्सचर, चक्कु, फ्रिज, ओभन कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाउनु पर्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज