मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

असार २९, २०७४

rajendra-kishore_aqji2O7Iib

काठमाडौं–  सरकारले सचिव राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले रिक्त मुख्य सचिव पदमा सहकारी तथा गरिबी निवारण सचिव रहेका राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि क्षेत्री उर्जामन्त्रालयको सचिव रहेर काम गरिसकेका थिए ।

मुख्य सचिव रहेका सोमलाल सुवेदी नेपालको तर्फबाट एडिबीको उपकार्यकारी निर्देशक बनेर फिलिपिन्स गएपछि रिक्त रहेको मुख्य सचिव पदमा सरकारले सचिव क्षेत्रीलाई ल्याएको हो ।

त्यसैगरी बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्डबाट प्राप्त २ अरब ३६ करोड र जापान सरकारबाट प्राप्त २७ करोड ४७ लाख रुपैया अनुदान सहयोगलाई स्वीकृत गरेको छ । सरकारले सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी बार्षिक बैठक नेपालमा गर्ने निर्णय पनि गरेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको