सामाजिक संजालमा जथाभाबी लेख्ने पत्रकार पक्राउ

असार २९, २०७४

sonu_kdp6YMt63V

काठमाडौं– राष्ट्रपतिको १६ करोडको गाडी खरिद प्रकरणको बिषयलाई लिएर  सामाजिक संजालमा जथाभाबी लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठान घर भै हाल कपिलबस्तुको तौलिहवामा बस्दै आएका  पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

तौलिहवाकै रेडियो हुदामा कार्यरत रहेका सुनारलाई प्रहरीले रेडियो स्टेशन बाहिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सोनुले केहि समय अघि आफनो फेसबुक वालमा राष्टपति विद्यादेवी भण्डारीलाई केन्द्रित गदै अत्यन्तै आपत्तिजनक शब्दमा स्टाटस पोष्ट गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा गाडी प्रकरणलाई जोडेर जथाभाबी लेखेको आरोपमा उनी पक्राउ परेका हुन्  । सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी उपरीक्षक भोजजंग शाहले रातोपाटीलाई जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको