सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने : महानिर्देशक राई

असार २९, २०७४

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले बिहीबार यहाँ आयोजना गरेको ‘खोजपत्रकारिता तथा स्थानीय तहमा सञ्चारकर्मीको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचना विभाग नै सूचना बैंकका रुपमा स्थापित भएपछि आम सञ्चारकर्मीलाई सहज हुने बताउनुभयो ।

s

उहाँले अबको नेपाली पत्रकारिता सन्देश र जानकारी भन्दा पनि खोजमुलक हुनुपर्नेमा जोड दिदै पत्रकारिताको विकास र समृद्धिका लागि अब खोजपत्रकारिताकोे विकल्प नरहेको औलायनुभयो । उहाँले खोजपत्रकारिताको विकाससँगै पत्रकारहरुको सुरक्षाको चुनौती पनि उत्तिकै रहेको उहाँको भनाइ थियो ।

त्यसअवसरमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं स्थानीयविज्ञ रामप्रसाद आचार्यले जिल्लामा रहेका बिषयगत कार्यालय साउन १ गतेबाट कसरी सञ्चालनमा आउने भन्ने बारे अहिले पनि अन्यौलता रहेको बताउनु भयो ।
महासंघ भक्तपुर शाखाका अध्यक्ष पुस्करराज बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल पत्रकार महासँघका पुर्वकेन्द्रीय अध्यक्ष धमेन्द्र झालगायतले पत्रकारितामा रहेको अवसर र चुनौती रहेको चर्चा गर्नुभयो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको