दुर्इ दिने फोटो प्रदर्शनी शुक्रबारबाट

असार २९, २०७४

पत्रकारिता र शुरक्षा बिषयमा २ दिने फोटोप्रदर्शनी शुक्रबारबाट सुरु हुने भएको छ । राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा हुने फोटोप्रदर्शनीको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गर्ने फोटो पत्रकार क्लबले जनाएको छ ।

Photo-Journalist

पत्रकार तथा फोटोपत्रकारहरुले आफू जोखिममा परेर गरेका कार्यहरुका तस्वीर प्रदर्शनीमा राखिने छ । इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा हुने फोटो प्रदर्शनीमा ४५ वटा फोटाहरु समाबेश गरिएको छ ।

शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने यो फोटोप्रदर्शनीमा पत्रकार तथा फोटोपत्रकारहरु कस्तो किसिमका चुनौतीको सामना गरेर कार्यक्षेत्रमा खटिएका हुन्छन भन्ने सबैले बुझ्ने बिश्वास फोटोपत्रकार क्लबले लिएको छ । फोटो प्रदर्शनीप्रदर्शनीमा प्रबेश निःशुल्क छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको