बैदेशिक रोजगार ब्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ समूह बिजयी

असार ३१, २०७४

Rohan-Gurung-450x300

काठमाडौं : नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा अध्यक्षमा रोहन गुरुङ समूह बिजयी भएका छन । अध्यक्षका अर्का प्रत्याशी बिमल ढकाललाई गुरुङले भारी मतअन्तरले पराजित गरेका हुन् ।

शनिबार बिहान सार्वजनिक नतिजाअनुसार गुरुङले ४३४ मत पाए । उनका प्रतिद्धन्दी ढकालले ३४१ मत पाए । गुरुङले ढकालभन्द ९३ मत बढी ल्याएका छन् । बैदेशिक रोजगार ब्यवसायी संघमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । कांग्रेस र मधेसी केन्द्रित दलहरू निकट व्यवसायीहरूबीच गठबन्धन भएको थियो ।

प्रगतिशील समूहबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिव नरेश गेलाल, सचिव ईश्वर जिसी बिजयी भएका छन् ।
द्धितिय उपाध्यक्ष शुवर्ण श्रेष्ठ र कोषध्यक्ष रमिला ताम्रकार झिनो मतअन्तरबाट पराजित भएका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको