युवा परिषदले युवाकै हितमा काम गर्छ– माधव प्रसाद ढुङ्गेल

असार ३१, २०७४

20120724_1673271902730210_1905206064_n

 

सुरेश थापा / ललितपुर : जिल्ला युवा समितिको कार्यलाय ललितपुरले आयोजना गरेको युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम ललितपुर बार यशोसियसन लगनखेलमा राष्ट्रिय युवा परिषदका कार्यकारिणी उपाअध्यक्ष माधव प्रसाद ढुङ्गेलको प्रमुख अतिथिमा सम्पन्न भएको छ। शुक्रबार भएको उक्त कार्यक्रममा ललितपुर युवा परिषदका अध्यक्ष रमेश चन्द्र घिमिरेले सो कार्यक्रम युवाहरूको प्रतिभा र उद्यमीलाई समृद्ध विकास र हौसला दिन आयोजना गरिएको बताउनु भयो ।

 

कार्यक्रममा विभिन्न क्षामा सफलता हासिल गरेका युवाहरूलाई सम्मान गरिएको थियो । अर्गानिक खेतीपातीमा लागिरहनुभएका निरन्जन , विभिन्न फालिएका पत्र पत्रिकाबाट तथा काजका पाना मार्फत सिसाकलम बनाएर राम्रै आयआर्जन गर्नुहुने बेलमति रोकाय संगित क्षेत्रमा लागेर संगित तथा सामाजिक सेवामा क्रियाशील प्रद्दुम्न घले, मोबाइल प्रशिक्षक पुष्पराज श्रेष्ठ र व्युटी पार्लरमा पोख्त लक्ष्मी पौडेल तथा सिन्के धुपमा क्रियाशिल मधु लगायतका युवाबहरुको प्रतिभा, लगनशिल र कलालाई विशेष सम्मान गर्दै नगद पुरस्कार पनि वितरण गरिएको थियो ।
कार्यक्रममा ललितपुर युवा परिषदले आयिजना गरेको वक्तृत्वकलामा प्रथम द्धितिय तृतीय र सान्तवना प्राप्त गर्नुहुने युवाहलाई पनि नगद पुरस्कार दिई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि माधव प्रसाद ढुङ्गेलले युवाहरूलाई आफ्नै देशमा उधमी बनाउन नेपाली युवालाई विश्वासमा लिँदै कार्ययोजना तर्जुमा गरेको र छिट्टै यसको कार्यन्वयन हुने बताउनु भयो । ललितपुर युवा परिषदका अध्यक्ष रमेश चन्द्र घिमिरेले आफू अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष पुग्दा नपुग्दै पनि युवाहरूलाई समेट्ने विभिन्न युवा नीति कार्यक्रम ल्याएको हुँदा सबैबाट प्रशंसा तथा सम्मान पाएको बताएनु भयो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको