सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौँ : सञ्चारकर्मी तथा लोक दोहोरी गायक सन्तोष बजगाईंले यस वर्षको तीज कोसेली ”नारी त यस्तो होस् भन्छु” बजारमा ल्याएका छन् । सन्तोष बजगाई र वर्षा सिलवालको को स्वरमा रहेको यो गीतको भिडीयो पनि सार्वजनिक छ ।
तीजको अवसरमा पति पत्नीबीचको सुमधुर प्रेम सम्बन्धलाई उजागर गरिएको यो गीतको लय तथा शब्द संकलन पनि बजगाईंले नै गरेका हुन् । म्युजिक भिडियोमा भुवन श्रेष्ठ र प्रकृतिको अभिनय रहेको छ भने निर्देशन देवराज परियारले गरेका हुन् त्यस्तै छायांकन रोशन कुमार दर्लामीले गरेका थिए ।
पछिल्लो समयमा आएका तीज गीतहरुमा मौलिकता हराएको र छाडापन बढेकोप्रति सन्तोषले चिन्ता व्यक्त गर्दै भने ”तिजको मर्म बिनै तिज गित भनेर अस्लिलतालाई बढवा दिदै परिवारसंग बसेर हेर्न नमिल्ने खालका गीतहरु बजारमा ल्याउने होडबाजीले गर्दा यस पवित्र पर्व तीजमाथि पर्न गएको असर मा जस्ता नेपालीपनलाई माया गर्ने धेरै नेपालीहरु दुखि छन् ।’ तीज गीतको नाममा बढेका विकृति निरुत्साहित गर्न सबैले आवश्यक आवाज उठाउनु जरुरि छ । र यस गीतले तीजको मौलिकतालाई बोलेकोहुनाले सबैको मन जित्नेमा म ढुक्क छु ।”
भिडियो पनि एकदमै राम्रो तथा मौलिक पनामा बनेकोले सबैले हेरेर तथा सुनेर माया गरिदिनेमा आफु पुण आशावादी रहेको कुरा समेत गायक बजगाईले बताएका छन् ।
यसअघि पनि मौलिक लोक दोहोरी गित रसुवा नुवाकोट बजारमा ल्याएरका सन्तोषले भावी दिनहरुमा गीतसंगीत लाईनै प्राथमिकता दिने बताउनुभयो l
भिडियो हर्नुहोस
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका