नागजोडीको अचम्मको नाच

साउन ३, २०७४

23

एजेन्सी:  भारतको झज्जरस्थित डिफेन्सी कोलोनीको एक घरको प्रांगणमा एउटा नागजोडीले आधा घन्टासम्म नृत्य गरेको कुरा अहिले त्यहाँ चर्चाको विषय बनेको छ ।

साँझ ७ बजेतिर नाग नागिनले नृत्य गरेको एकजना महिलाले देखेपछि केही समयमै त्यहाँ ठूलो भीड जम्मा भएको थियो । भीड जति जम्मा हुँदै जान्थ्यो नाग नागिन त्यति नै नृत्यमा सक्रिय देखिएको थियो ।

भीड जम्मा भएपछि केहीले नृत्यको भिडियोसमेत खिचेका थिए, अनि केहीले तस्बिर । जम्मा भएका मान्छेहरु नाग नृत्यको भरपुर मनोरञ्जन लिएका थिए ।

भीडमा देखिएकी एक महिलाले यो साउन महिना भएको र साउनमा नाग नृत्य हेर्न पाउनु भाग्यको विषय भएको बताइन् । आधा घन्टा नृत्य गरेपछि नाग नागिन अनौठो तरिकाले हराएका थिए । भीडले नाग नागिनलाई खोजे पनि रात पर्न थालेकाले उनीहरुले भेट्न सकेनन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको