उदयपुर कटारी अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा ज्ञानेन्द्र खड्का निउक्ती

साउन १८, २०७४

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ स्थीत कटारी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्र खड्का निउक्ती हुनु भएको छ ।

अस्पतालमा भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेंडेन डा.गौरब शाहको सभापतित्वमा सम्पन कार्यक्रममा कटारीका कार्यलय प्रमुख, नागरिक समाज, बुद्धिजिबि,अस्पताल कर्मचारी, पत्रकार लगायतको उपस्थितिमा एक औपचारीक कार्यक्रम बिच निवर्तमान अघ्यक्ष कृष्ण खडका लाई बिदाई गर्दै वर्तमान अध्यक्ष ज्ञानेन्द्र खडकालाई स्वागत गरिएको हो ।

 

कार्यक्रममा बोल्दै बर्तमान अघ्यक्ष खडकाले लक्षित वर्ग र जनताको सहज पहुच पुराउने सामान्य अप्रेसन र रेडक्रस संग समन्वय गरेर रक्त संचार केंद्रको स्थापना गरी गर्भवती महिलालाई डेलीभरी गर्न बाहिर लानु नपर्ने बनाउने आफ्नो पहिलो लक्ष्य भएको बताउनु भयो । कार्यक्रममा बोल्ने अधिकांशले डा. गौरब आएदेखि कटारी अस्पतालमा भएको सुधारको सबैले खुलेर प्रसंशा गरेका थिए ।

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको