नवलपुर एफएमको वृहत रक्तदान कार्यक्रममा १५० जनाले गरे रक्तदान

साउन २५, २०७४

रक्तदान महादान भन्ने उद्देश्यका साथ नवलपुर एफएमले आज वृहत रक्तदान कार्यक्रम गरेको छ । एफएमले आफ्नो चौथो वार्षिक उत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रममा १ सय ५० जनाले क्रितिामानी रक्तदान गरेका हुन । एफएमको हरेक वार्षिक उत्सवमा नयाँ तथा सामाजिक कार्य गर्ने लक्ष्यका साथ रक्तदान जीवन दान” भन्ने उद्देश्यका साथ नेपाल रक्त संचार भरतपुरको प्राविधिक सहयोग, नेपाल रेडक्रश सोसाइटी कावासोती उपशाखाको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो । नवलपुर एफएमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख भरतकुमार बुढाथोकी प्रमुख अतिथी रहनु भएको थियो ।

20663722_1466953750019492_485578551964097442_n

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस उपाशाखा कावासोतीका सभापती ऋषिराम कंडेल, विशिष्ट अतिथी रहनु भएको थियो भने कुमारवर्ती बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख गुरु सुवेदी, लगाएतको सहभागीता रहेको थियो । रक्तदान कार्यक्रममा ईलाका प्रहरी कार्यालयका डिएसपि राजेश थापा, ट्राफिक कार्यालय प्रमुक धर्मेन्द्र रावल, नेपाल रेडक्रस उपशाखा कावासोतीका सचिब तिर्थराज कंडेल, पत्रकार महासंघका अध्यक्ष होमराज राना भाट, प्रेस यूनियन नवलपरासिका अध्यक्ष श्रीराम सिग्देल, लुम्बिनि आवासिय माविका त्रिभुवन तिवारी, नवलपुर जेसिसका अध्यक्ष कृष्ण अर्याल ,लायन्स क्लब अफ कावासोतीका अध्यक्ष बिष्णु कंडेल, नेपाल रेडक्रश सोासाइटी कावासोती उपशाखाका सचिव तिर्थ कंडेल, सद्भाव एजुकेशन प्रालीका प्रबन्ध निर्देशक सुमन कुमार श्रेष्ठ, नवलपुर एफएमका प्रबन्ध निर्देशक तिर्थराज भुसाल, नेपाली सेना, शिक्षक ,स्थानीय लगाएत १ सय ५० जनाले रगत दान गरेका छन ।रक्तदानमा स्थानीय, विद्यालय, शिक्षक, व्यवसायि तथा स्थानीयवासीको उल्लेखनिय उस्थिति रहेको थियो ।

20638475_1466953896686144_6667608229480414443_n

रक्तदान कार्यक्रममा बोल्दै नेपाल रेडक्रस उपाशाखा कावासोतीका सभापती ऋषिराम कंडेलले छोटो समयको तयारीमा समेत रक्तदान कार्यक्रममा स्थानियको उल्लेख्य सहभागीता रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । सुचना सन्देशका संवाहकका रुपमा रहेको संचारकर्मीको सानो सहयोगले ठुलो महत्व रहने भन्दै उहाँले रक्तदानको महत्वलाई अझै आम नागरिक समक्ष पुर्याउन जरुरी रहेको बताउनु भयो । आम नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने सोचका साथ काम अघि बढाएको प्रति उहाँले आभार प्रकट गर्नु भयो । आज गरेको रक्तदान कार्यक्रमले सोचे भन्दा राम्रो उपलब्धी भएको भन्दै रक्तदान किर्तिमानी समेत भएको उहाँको भनाई थियो ।

20708089_1985718744994015_4896765171160794421_n
एफएमको वार्षिकोत्सव कार्यक्रम अन्तरगत आज भएको बृहत रक्तदान कार्यक्रमले रगत अभावले छट्पटिने बिरामीलाई बचाउन सक्ने भन्दै रक्तदाता उत्साहका साथ रगत दान गरेका छन । रक्तदान बाट संकलित रगत नेपाल रक्त संचार भरतपुरलाई हस्तान्तरण गरिएको छ । आज विहान ८ वजेदेखि सुरु भएको रक्तदान कार्यक्रम करिव दिउँसो ३ बजे सम्म चलेको थियो । एफएमले तिजको दिन सम्म वार्षिक उत्सवको अवसर पारी विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

20638612_1466953543352846_6538479180563258400_n


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको