रियल हिरो हुन मनिष कला र गलाको

साउन २७, २०७४

बि. स. २०५० साल बैशाख महिनाको १ गते आमा इन्द्र शोभा साबित्रि र बुबा यम बहादुर श्रेष्ठ को कान्छो सन्तानको रुपमा सगरमाथा अञ्चल उदयपुर जिल्ला सोरुङ छबिसे गाबिस हाल कटारी नगरपालीका वडा नं।– १0 मा निम्न बर्गिय किसान सामान्य परिवारमा मनिष श्रेष्ठको जन्म भएको हो । ग्रामिण क्षेत्रको परिवेशमा हुर्किएका मनिष सानै देखि चल्चले फुर्तिलो अरु भन्दा फरक प्रतिभाका थिए ।

Manish Shrestha

 

मनिष एक संघ्रसशिल युवा भएकै कारण उनि बिस्तारै उनलाइ रियल हिरो पनि भन्न थाले सानैदेखि नित्यमा र संगित प्रती रुची राख्ने भएका मनिष कसैले सोधी हाल्दा ठुलो भएर के बन्छस भन्दा म नित्य प्रस्तुत गरेर एक नेपालको नम्बर ओन डान्सर र सबैलाई मनोरन्जन दिने गायक बन्छु भन्थे ।

20750881_686833391491826_682382367_n

 

 

गाइ बस्तु चराउन जादा उनि एकलै नित्य गरि सिक्ने गर्थे र गाइ बस्तुले अरुको अन्न बालि  खाको पतै नपाइ आफ्नो नित्य  सिक्ने प्रयास गर्थे । उनि गाउ गाउ मा नित्य प्रस्तुत गर्दै गाउ घरको समुहमा गएर  नित्य पनि सिकाउथे र एका एक उनि गाउको प्यारो छोरा बन्न पुगे ।
गाउमा छदा खेतीपाती दाउरा घास तथा गोरु जोत्ने कुटो कोदाली खन्ने सबै काम गरेका छु अरु केहि गर्न सकिन भने गोरु जोतेरै भएपनि जिवन चलाउन सक्छु हिम्मत छ उनले बताए । गाउमा कुनै पनि कार्यक्रम भई हाल्यो भने घरको काम छिटो छिटो सकेर त्यो कार्यक्रम मा पुगिहाल्थे । गाउ घरमा सबैको मन जित्न सफल मनिष एक दिन स्टार हुन्छ भन्ने सहास राख्थे ।
आफ्नो गाउलाइ छाडेर काठ्माण्डौ  छिरे काठ्माण्डौ  आउदा खर्च नभएर हातमा  लगाएको चादिको ब्रासलेट  समेत बेचेर आए । काठ्माण्डौ छिरे पछि उनले धेरै संघ्रस गर्नु पर्यो कठिनाइहरु भोग्नु पर्यो कठिनाइहरु बालुवा बोक्ने देखि लिएर इटा बोक्ने र फोहोर बोक्ने देखि लियर उनले धेरै संघ्रस गरेको बताउछन ।  आफ्नो दुख जस्तै अरुको पनि दुख हो भन्ने बुझ्थे मनिष काठ्माण्डौको परिस्थिति झेल्दै  संघ्रस नै गरि रहे ।

 

त्यस पछि उनि यहाको डान्सले नपुग्ने भएकाले आफ्नो नित्यलाई नै अगी बढाउनको लागि भनी भारत समेत गएर एक वर्ष  त्यही बाट डान्स सङसगै कोरियो ग्राफी पनि सिके र नेपाल मै केहि गर्नु पर्छ भनेर फेरि नेपाल फर्किएको उनको भनाइ छ । एउटा  उनको दुखको कुरा के छ भने काठ्माण्डौमा आफ्नो कोहि नभएकोले गर्दा  नै उनले आफ्नो काम बाट बिहान बेलुका छाक  त  टर्थे तर बस्ने कोठाको भाडा  समेत तिर्न नस्केर कति दिन त बाहिरै सुत्न पर्ने उनि बताउछन । त्यहि पिडिमा सुतेर उनले एउटा कबिता समेत लेखेका थिए उनि साहित्य प्रति पनि रुचि रख्थे ।
छर मेरा को आफ्नो भनि सहार लीन नबसाल भाडा त्यहा भत्केको छ त्यहा चुलो
मन्द तिसाराले नबस त्यहा म त खरानिको धुलो
भन्ने कबिता लेखेका थिए जुन गोर्खा पत्रिका बाट प्रकाशन भएको थियो र साहित्य मा पनि अबल थिए उनि । भारतको कलकत्ता बाट मनिष अाइसके पछि कटारीमा एउटा कला केन्द्र खोलेर डान्स पनि सिकाएका थिए मनिषले । त्यस पछि उदयपुर तारा मा सहभागि भै उदयपुर तारा पनि बने । उनी राजधानी मै बसी मोर्डलीङ क्षेत्र बाट आफ्नो कलाकारितामा छिरेको बताउछन । पछीलो समयमा आएर उनलाई गायन क्षेत्रको पनि रुची भएकोले आफ्नो सपना पुरा गर्न गायन क्षेत्रमा हात हालेको उनले भने । मनिष भन्छन मानिस  यहा रिक्स  बिना कुनै पनि काम गर्नमा लगन शिल हुदैन रिक्स ले नै हामीलाई अगाडि बढाउछ ।

 

मलाई मन पर्ने ज्याकिचेन  बेस्ट  हिरो  हो  उसको  म ठुलो  फ्यान रहेको पनि  उनले बताए । एकदिन  कला गलालाइ  हेरेर तेस्तो  फिल्म  बन्यो   भने  सबै  काम  गर्न  सक्छु  जस्तो  सुकै काम  गर्न  पनि  पछि न हट्ने उनले सहास राखेका छन् ।अहिले उनी आफ्नो कला र गलाको करणले नै एक बेस्त कोरियोग्राफी तथा मोर्डल र गायकको रुपमा चिनाउन सफल छन ।

 

उनले ३०० भन्द बढि गीतमा मोर्डिलिङ् थुप्रै गीतमा कोरियो ग्राफि र ३० भन्दा पढि गीतमा आफ्नो दिई सकेका छन । क्यारिकेचरमा पनि उनि रुचि राख्ने भएकाले उनले अहिले काठ्माण्डौ  बसेरै कमेडि सिरियल हर्के हल्दार र टुवाक्क टुक्कमा पनि अभिनय गरेका छ र अरुलाइ पनि नित्य सिकाउदै आफु पनि सिक्दै अघि बढि रहेका छन ।

 

यति मात्र नभै उनले एक खुट्टा कादमा राखि ५० किमी सम्म मोटर साइकल कुदाइ गिनिज बूकमा नाम लेखाउनको लागि पत्र पठाइ सकेका छन र अब उनि अब एक खुट्टा कादमा राखि सगरमाथमा गै नेपालको झण्डा फरफराउने तयारि मा रहेको उनले बताएको छ । पछीलो समयमा उनी कोरियो ग्राफी, डान्स सिकाउने डान्स गर्ने, मोर्डिलिङ र नयाँ नयाँ कुरा हरुको खोज गरी दर्सक हरुलाई मनोरन्जन दिनको लागि बेस्त रहेको उनी भन्छन र उर्लेको हावाको बोलको गीतले सफलता हात पारे सँगै फेरी पनि उनले अर्को गीत तिम्रो बरुले कम्मरले पुरै नेपाल हल्लायो बोलको गीत लिएर आएका छन यो गीतले पनि स्रोता सबैको मन जित्छ भन्ने मा ढुक्क रहेको बताउछन । यस गीतमा तपाइले कभर भिडियो तथा कभर गित वनाउन पनि उनले अपिल गरेका छन् । साथै कभर उत्कृष्टताको आधारमा छनोट गरिने बताएका छन । उत्कृष्ट कभर भिडियो र कभर गितलाई रु ५० हजार पुरस्कार दिने समेत गायकले जानकारी दिएको छ  ।

 

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको