सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काठमाडौं । गायक तथा कोरीयोग्राफर मनिस श्रेष्ठको नयाँ गीतको म्यूजिक भिडियो बजारमा आएको छ । निश्चल सुनुवारको शव्द तथा मनिषको आफ्नै संगीत र स्वरमा रहेको गीतमा निर्माण भएको म्यूजिक भिडियो ‘हाईलाईटस्’ नेपालको आधिकारिक युट्युव च्यानलबाट बजारमा ल्याएको हो ।
गीतको दृष्याङ्कन बिक्रम कार्कीले गरेका हुन् । राजधानी काठमाडौंस्थित बिभिन्न अकर्षक ठाउँहरुमा छायाङ्कन भएको म्यूजिक भिडियो प्रतिभा म्यूजिक प्रालीले बजारीकरणको ज्म्मिेवारी लिएको छ ।‘पोखरामा तिम्रो नाम छ काठमाडौँमा बस्ती, धरानको फेसन ल्याई कटारीमा मस्ती’ बोलको चर्चित गीतको म्यूजिक भिडियो आईतबार सार्वजनिक भएको हो ।
त्यस्तै भिडियो सम्पादन मिलन बिकले गरेका छन् भने एमएस ट्ूप्सका मनिष श्रेष्ठ र राजन रसाईली, सजीना श्रेष्ठ, मेघना मगर, रतिज, अनुज भुजेल, मुस्कान केसीलगायतका कलाकारको दमदार अभिनय हेर्न सकिने बताइएको छ ।
एमएस ट्रुप्सका कलाकारहरुकै अभिनयमा दशै अगाडि बिभिन्न पाँच वटा गीत बजारमा आउने नृत्य निर्देशक समेत रहेका मनिष श्रेष्ठले जानकारी दिए । श्रेष्ठले ‘किन दुख्छ मुटु’ बोलको गीतका लागि म्यूजिक भिडियो निर्माण कार्य चलीरहेको बताए । उनले यसअघि बजारमा सार्वजनिक गरीसकेको म्यूजिक भिडियो ‘उर्लेको हावा’ले राम्रै प्रतिक्रिया पाईरहेको बताए ।
हेर्नुहोस भिडियो
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका