७१ करोड इमेल आइडी ह्याक, तपाइँको इमेल सुरक्षित छ छैन यसरी थाहा पाउनुहोस्

भदौ १९, २०७४

साइबर सुरक्षा विज्ञहरुको एक समूहले एउटा भयानक साइबर हमलाको खुलासा गरेको छ । उक्त समूहका अनुसार साइबर हमलाका कारण भएको डाटा लिकबाट ७० करोड भन्दा धेरै इमेल ठेगाना, पासवर्ड तथा फोन नम्बर एक गलत रुपमा कन्फिग्योरेसन गरिएको स्पाम बोटको सहायताले अनलाइनमा लिक गरिएको छ

hacker-tracker-canada-govt-breach

पेरिसका शोधकर्ता बेनकोवले ७१ करोडभन्दा धेरै इमेल ठेगानावाला एक स्पाम देखे । उनले अनलाइनर नामधारी स्माप बोट देखे जसले इमेल प्राप्त गर्ने कम्प्युटरका बारेमा जानकारी एकत्रित गर्नका लागि स्पाम इमेलमा पिक्सेल आकारको तस्वीरको उपयोग गर्दछ । यसमार्फत भएको डाटा लिक निकै भयानक भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
एकैचोटी यतिधेरै डाटा लिक भएको घटना यो पहिलो भएको उनीहरुको भनाइ छ । पछिल्लोपटक साइबर हमलाको सिकारमा विश्वभरका हरेक उमेर समूहका इमेल प्रयोगकर्ता रहेका बताइएको छ ।

कतै तपाइँको इमेल त ह्याक भएको छैन ?

तपाइँको इमेल एड्रेस डटा लिक भएका इमेलहरुको सूचिमा छ कि छैन थाहा पाउनका लागि तपाइँले रिसर्चर ‘ट्राय हन्ट’ को वेबसाइट HaveIBeenPwnedमा लगअन गर्नुपर्दछ ।

त्यहाँ रहेको बक्समा आफ्नो इमेल एड्रेस टाइप गरेर pwned ? बटन थिचिसकेपछि तपाइँले आफ्नो डाटा सुरक्षित छ कि लिक भएको छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।

टू फ्याक्टर अथेन्टिकेसन प्रयोग तथा तथा मजबूत पासवर्ड रहेका प्रयोगकर्ता सुरक्षित रहेको ट्राय हन्टले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको