सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
भोजन हाम्रो दैनिक जीवनको अभिन्न अंग हो । प्रत्येक व्यक्तिअनुसार भोजनको प्रकृति फरकफरक हुन्छ । कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी ।
भोजनको उद्देश्य नै शरीरमा पोषण पुगोस् भन्ने हो । भोजनले शरीरबाट रोगहरू भगाउने अपेक्षा गरिनछ । यस्ता गुण शाकाहारी भोजनमा पाइन्छन् । शाकाहारी भोजनले मानिसलाई ऊर्जावान् र निरोगी बनाउँछ ।
यसका अन्य फाइदा यी हुन् :
शाकाहारी भोजन हलुका हुन्छ र पचाउन सजिलो हुन्छ । यसले गर्दा धेरै ऊर्जा पनि खर्च हुँदैन र शरीरमा स्फुर्ति आउँछ ।
शाकाहारी भोजन गर्ने मानिसमा अवसाद कमै हुन्छ र यस प्रकारको भोजनले दिमाग सक्रिय बनाउँछ ।
शाकाहारी भोजनमा शरीरका लागि आवश्यक सबै पोषक तत्त्व पर्याप्त मात्रामा पाइन्छ । प्रोटीन, कार्बोहाइड्रेट्स र फ्याटको उचित मात्रा शरीरलाई शाकाहारबाटै प्राप्त हुन्छ । फल र तरकारीबाट मिनरल, क्यालोरी, फाइबर र भिटामिन प्रचुर मात्रामा पाइन्छ ।
मांसाहार पचाउन लामो समय लाग्छ जसका कारण पाचन मन्द हुन्छ तर शाकाहारबाट पाचनको गति बढ्छ र पाचनतन्त्र बलियो हुन्छ ।
शाकाहारी भोजनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई बलियो बनाउँछ । छिटो बिरामी पर्ने अनि गम्भीर रोग लाग्ने सम्भावना रहँदैन ।
शाकाहारी भोजनमा विषाक्त पदार्थ हुँदैन । बरू यसमा भएका गुणहरूले शरीरको विषालु पदार्थलाई बाहिर निकाल्न सहयोग गर्छ ।
रक्तचाप नियन्त्रणमा राख्न पनि शाकाहारी भोजनले मद्दत गर्छ । शाकाहारी भोजन गर्ने मानिसलाई मोटोपन कमै हुन्छ । यस्ता मानिसले कार्बोहाइड्रेट्स धेरै खाने भएकाले उच्च रक्तचापको समस्याले सताउन पाउँदैन ।
मुटुरोगको प्रमुख कारणमा बोसो र कोलेस्ट्रोल नै अधिक जिम्मेवार हुन्छन् । तर शाकाहारी भोजनमा यी दुवै कुरा कम हुने भएकाले शाकाहारीहरूलाई हृदयरोगको सम्भावना कम हुन्छ ।
फल, तरकारी र अनाजमा रेसा र एन्टीअक्सिडेन्ट गुणहरू प्रचुर मात्रामा पाइन्छ जसका कारण क्यान्स लाग्ने सम्भावना पनि कम हुन्छ । शाकाहारमा एस्ट्रोजेनको मात्रा कम भएका कारण स्तन क्यान्सर हुँदैन ।
एजेन्सी
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका