दुब्लाएर बिजोक भएको छ ? यो उपाय अपनाएर मोटाउनुस्

भदौ २०, २०७४

स्वस्थ रहनका लागि राम्रो खानपान आवश्यक हुन्छ । आजकल धेरै मानिस मोटोपनाका कारण चिन्तित रहन्छन् भने केही मानिस चाहिँ दुब्लो भइयो भनेर रुन्छन् । फास्ट फूड खाएको भरमा तौल बढ्छ भनी सोच्नु गलत हो । तौल बढाउँदाखेरी स्वस्थ रहनु पनि उत्तिकै जरूरी हुन्छ । तौल बढाउनुछ भने यी कुरा खान थाल्नुस् ।

चीज
चीजमा भरपूर फ्याट हुन्छ । यसलाई खानेकुराहरूसँग मिसाएर खाँदा स्वाद र वजन दुवै बढ्छ ।

ड्राई फ्रुट
ड्राई फ्रुटमा पोषक तत्त्व उचित मात्रामा हुन्छ । आफ्नो डाइटमा बदाम, किसमिस र काजु समावेश गर्नुस् ।

दूध
दूधमा क्यालोरी भरपूर हुन्छ । यसमा ओटमील वा चकलेट हालेर खाने गर्नुस् । दिनदिनै एक गिलास दूध पिउँदा वजन बढ्छ ।

आलु
आलु त हरेक घरमा भेटिन्छ । वजन बढाउनुछ भने आलु बोक्रैसहित खान थाल्नुस् । बोक्रामा धेरै प्रोटीन हुन्छ ।

पास्ता
पास्ता स्वादिलो हुनुका साथै पौष्टिक पनि हुन्छ । यो खाँदा पनि वजन बढ्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।