एकल साँझमा गुञ्जिइन् चन्दा देवान

भदौ २०, २०७४

गायिका चन्दा देवान राजधानीको प्रज्ञा प्रतिष्ठानमा गुञ्जिएकी छन् । उनी शनिबार भएको एकल साँझमा गुञ्जिएकी हुन् । उनका २ गीतमा कलाकारले नृत्य प्रस्तुती समेत दिएर माहोललाई अझ गुञ्जयमान बनाइका थिए । सो कार्यक्रममा देवानका २ गीतका म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

chanda-eakal-sagha

कार्यक्रममा चन्दाले ‘खिर मिठो, तिम्रो कथा, भेट्नु छुट्नु, नगर्जिने बादल, त्यो फड्के साँघुले’सहित एक दर्जन गीत प्रस्तुत गरेकी थिइन । उनको केही दिनमात्र एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो ।

सेलिब्रेटी म्यानेजमेन्ट नेपालले आयोजना गरेको सो कार्यक्रममा बाँचा एल्बमको विमोचन पनि गरिएको थियो । एल्बमलाई गीतकार रत्नशमशेर थापा, सुकमित गुरुङ, दिनेश अधिकारी प्रकाश गुरुङलगायतले विमोचन गरेका थिए । एल्बमलाई म्युजिक जोय मिडियाले बजारमा ल्याएको हो ।

‘सेलिब्रेटी म्यानेजमेन्ट नेपालले स्रष्टा सम्मान अन्तर्गत थुप्रै कामहरु गर्दै आएको छ । यो एकल साँझ पनि त्यस्तैको निरन्तरता हो’, म्यानेजमेन्टकी निर्देशक सरु श्रेठले भनिन् । अन्य सामाजिक कार्यहरुमा पनि हात बढाएको यो सस्थाले पछिल्लो समय थुप्रै कार्यहरु गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको