क्युबाली दुई क्रान्ति : अशिक्षाको अन्त्य र साम्राज्यवादको पराजय

भदौ २०, २०७४

फादर जोसे अगस्तिन कबाएरोले सन् १७९५ मा पहिलोपटक क्युबा प्रायद्वीपमा बसोबास गर्ने नागरिकका लागि पहिलो पटक सार्वजनिक शिक्षा व्यवस्था परियोजना पेश गरेका थिए । उनको दूरदर्शी विचारलाई कार्यान्वयन गर्न तत्कालीन समयमा असम्भव जस्तै थियो । त्यतिबेला क्युबा स्पेनको उपनिवेश थियो । यहाँका अधिकांश बासिन्दालाई दास बनाइएको थियो । यो ठाउँमा  मेस्तिजो वा स्वतन्त्र काला जातिका मान्छेको बाहुल्य थियो, जो नश्लभेदका शिकार भएका थिए । शिक्षामा पहुँच अल्पसङ्ख्यक समुदायको मात्रै थियो । शिक्षा पद्धति पण्डितहरुको दर्शनको रुढीवादी सिद्धान्तमा आधारित थियो ।

cuba-story_acos0HXr1F

फादर कबायरो उक्त शिक्षा पद्धति र त्यसबाट उत्पादन हुने शिक्षाका कटु आलोचक थिए । फादर कबायरोको जन्म एक यस्तो आन्दोलनको जन्म थियो, जसको क्युबाको इतिहासमा निर्णायक महत्व रहेको छ । यो आन्दोलनले फेलिक्स वरेला जस्ता आन्दोलनकारी जन्मायो, जसले क्याथोलिक पादरीविरुद्ध आवाज उठाए । कबायरोका शिष्य वरेला राष्ट्रिय स्वतन्त्रता र दास प्रथाको अन्त्यका लागि लड्ने पहिलो क्युबाली बुद्धिजीवी बने, जसको नेतृत्वमा आन्दोन शिखरमा पुगेको थियो ।

यो एक आश्चर्यजनक कुरा थियो, किनकि यो क्युबा थियो । यो पुएर्तो रितोसँगै बचेखुचेका स्पेन र अमेरिकी उपनिवेशमध्ये एक थियो । यी द्वीपमा कब्जा जमाइराख्ने कोसिस चलिरहेका बेला राजनीतिक व्यवस्थामा सबैभन्दा गहन प्रश्न उठाउने सिलसिला सुरु भएको थियो । १० अक्टुबर १८६८ मा पुरातनवादी सोच, दासप्रथाको अन्त्य र बहिष्कृत वर्गको मुक्तिका लागि भएको युद्ध र सामाजिक क्रान्तिको समिश्रणले आकार लिएको थियो ।

क्युबामा जब क्रान्तिकारी सरकार बन्यो उसको पहिलो प्राथमिकता शिक्षा थियो । उसको पहिलो काम थियो बृहत छात्रवृत्ति योजना लागू गर्नु । त्यस्तै, ग्रामीण र दुर्गम क्षेत्रमा रहेका विद्यार्थी, जो स्रोतको अभावका कारण विश्वविद्यालयसम्म जान सक्दैनथे, उनीहरुसम्म शिक्षा पुर्याउनमा केन्द्रित थियो ।

क्युबालाई राष्ट्रका रुपमा उदय र मुक्तिका लागि अहम् भूमिका खेलेको क्रान्तिको विशेषताबारे ‘लङ मार्च अफ क्युबन रिभोलुसन’, लेखमा उल्लेख गरेको छु । यो लेखमा म ती उदयमान शिक्षक र प्रोफेसरहरुले निभएको भूमिकाबारे प्रकाश पार्न गइरहेको छु, जसले आफ्नो तत्कालीन समयको भन्दा धेरै सामाजिक विषयवस्तुले पितृभूमिको विकास मात्रै गरेनन्, जसले क्युबाली शिक्षा क्षेत्रमा अवरोधरहित क्रान्तिकारी शिक्षा व्यवस्थाको जन्म दिएका थिए ।

बीसौँ शताब्दीको पहिलो चरणमा सार्वजनिक शिक्षा क्युबाको देशभक्तिको पक्षमा थियो । क्युबामा अमेरिकी अधिपत्य र अमेरिकाद्वारा प्रत्यक्ष वा परिचालित दमनकारी भ्रष्ट शासकहरुको विरोध गर्ने साहस र उनीहरुविरुद्ध आन्दोलन गर्ने तागत यहीँ शिक्षाले क्युबाका बुद्धिजीवी र छात्रलाई दिइएको थियो । लामो समयसम्मको स्पेनी उपनिवेश र अमेरिकी प्रभुत्वका यी दुई कालखण्डमा क्युबाली बुद्धिजीवी र छात्रहरुले आन्दोलन मार्फत समाजिक तथा राजनीतिक सङ्घर्षमा सहभागिता जनाएको छन् । साथसाथै साम्राज्यवाद विरोधी समाजवादी चिन्तनको उत्थान र विकासमा योगदान दिएको छन् ।

क्युबामा अमेरिकी र स्पेनी तानाशाही पछि तानाशाह बटिस्टाको हातमा सत्ताको बागडोर पुग्यो । उनले शिक्षा विरोधी गतिविधि आक्रामक रुपमा अघि बढाएका थिए । शिक्षा क्षेत्रमाथिको आक्रमण बटिस्टाका कैयौँ अपराधमध्येको एक थियो । विद्यालय र विश्वविद्यालयलाई निजीकरण गर्न बल लगाएका उनले । ठीक विपरीत, सरकारी संस्थानविरुद्ध लागेर तिनलाई संस्थानलाई सरकारबाट प्राप्त हुँदै गरेको संसाधनबाट वञ्चित गरेका थिए । तिनै संस्थानहरु पछि गएर बटिस्टाको निरङ्कुश शासनको प्रतिरोधमा उत्रिएका थिए । संस्थानमा कार्यरत कर्मचारी प्रतिरोधमा उत्रिएपछि बटिस्टाले हवाना विश्वविद्यालयको २ सय वर्ष पुरानो भवनलाई हेलिप्याड बनाउने उद्देश्यले भत्काइदिए । उनको यो परियोजना सन् १९५९ जनवरी १ मा बाध्यतावश देश छाड्ने बेलासम्म पूरा भइसकेको थियो । देश छोड्नुपूर्व बटिष्टाले अन्य राष्ट्रिय सम्पदामाथि पनि हमला गरेका थिए । उनको तानाशाही सरकारले अलिसिया अलेसोको बैले कम्पनीलाई राज्यबाट मिल्ने सानो अनुदानसमेत रोकिदिएको थियो । पछि उक्त कम्पनी विद्यार्थीको सहयोगबाट विश्वविद्यालयको चौघेरामा सीमित रह्यो । टिक्न गाह्रो भएपछि अलिसिया र उनको कम्पनी अमेरिका जान बाध्य भयो ।

क्युबामा जब क्रान्तिकारी सरकार बन्यो उसको पहिलो प्राथमिकता शिक्षा थियो । उसको पहिलो काम थियो बृहत छात्रवृत्ति योजना लागू गर्नु । त्यस्तै, ग्रामीण र दुर्गम क्षेत्रमा रहेका विद्यार्थी, जो स्रोतको अभावका कारण विश्वविद्यालयसम्म जान सक्दैनथे, उनीहरुसम्म शिक्षा पुर्याउनमा केन्द्रित थियो । हवानाका ठूलाठूला भवन विद्यार्थीको बसोबासमा प्रयोग गरिए । ती भवन बटिस्टा शासनकालको अन्त्यतिर निर्माण गरिएका थिए । ती ठूलाठूला अपार्टमेन्ट दशौँ हजार विद्यार्थी तथा छात्रवृत्तिमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीको बसोबासका लागि प्रयोगमा ल्याइएका थिए । पचासौँ वर्षपछि पनि ती भवन विद्यार्थीको बसोबासका बासस्थानका रुपमा प्रयोग भइरहेका छन् ।

त्यही समय क्युबाका विश्वविद्यालमा ठूलो मात्रामा सुधारको सुरुवात गरियो । शिक्षण र शिक्षा पद्धतिमा सुधार गरियो । विगतमा पढाइ नभएका विज्ञान र प्राविधिक शिक्षा (उदाहरणका लागि, यो समयसम्म क्युबाका अर्थशास्त्रीमध्ये धेरै कमले विदेशमा शिक्षा लिएका थिए), देशभरि विद्यालय भवन निर्माण, जसलाई हामी ‘विश्वविद्यालयको सार्वभौमिकीकरण’ भन्छौँ, यी सबै काम गरिएका थिए । त्यो समयमा क्युबाको शिक्षामा व्यापक परिवर्तन सहज भने थिएन । त्यतिबेला विदेशी शक्तिहरु क्युबाविरुद्ध विद्वोस र विग्रहको प्रचार प्रसारमा व्यापक रुपमा लागेका थिए । मननीय कुरा के छ भने उक्त आक्रामकताको परिणाम ‘बे अफ पिग्स’ हमला भयो भने विध्वंशक कारबाही र आतकवादले जरा गाड्यो । यस्ता कैयौँ व्यवधानका बाबजुद हामीले उल्लेख्य परिणाम हात पार्यौँ ।

यीमध्ये, यहाँ उल्लेख गर्न अत्यन्तै राम्रो काम भनेको सान्टियागो द क्युबा स्कुलको निर्माण पनि हो । सन् १९६० को सुरुवातमा डाक्टरहरुलाई राजधानीमा मात्रै प्रशिक्षण दिइन्थ्यो । त्यतिबेलाका ६ हजार मेडिकल डाक्टरमध्ये आधाजसो अमेरिका पुगिसकेका थिए । उनीहरुको देश छोड्नु र अमेरिका रोज्नुका कारण अमेरिकी सरकारले क्युबाको क्रान्तिकारी सरकारलाई असफल बनाउन खेलेको ‘ब्रेन ड्रेन’को आकर्षक कूटनीतिक चाल थियो ।

क्युबाले त्यतिबेला स्वास्थ्य क्षेत्रमा थालेको कामको प्रभाव आज पनि देख्न सकिन्छ । प्रत्येक राज्यमा कम्तीमा एक विश्वविद्यालय र एक मेडिकल कलेज छन् । हामी एक यस्तो स्वास्थ्य व्यवस्थाको उपभोग गर्छौं, जुन बिरामीका लागि पूरै निःशुल्क छ, जसको उपभोग देशको पूरै जनसङ्ख्याले गरिरहेको छ । क्युबाका दशौँ हजार डाक्टर क्यारेबियन, ल्याटिन अमेरिकन, अफ्रिका, एसिया र ओसानियाका देशहरुमा सेवा दिइरहेका छन्, त्यो पनि निःशुल्क । क्युबाले कैयौँ रिसर्च सेन्टरको निर्माण गरेको छ, जसले भ्याक्सिन, औषधी, विशिष्ट उपकरणको खोज अनुसन्धान, उत्पादन र निर्यात एवं वितरणको काम गर्छन् । यस सन्दर्भमा तेस्रो विश्वका देशहरुबीचमा यो द्वीपले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । हामीले यी प्रगति हात पारिरहेका बेला अर्को उल्लेखनीय के भइरहेको छ भने विश्वको स्वास्थ्य सेवा जबरजस्त रुपमा मनोमानी ढङ्गले ठूला भनिएका पुँजीपति देशहरुको एकाधिकारद्वारा नियन्त्रित भएको छ । आधा सताब्दीसम्म अमेरिकाको आर्थिक घेराबन्दीले घेरिरहेका बेला गरिएका अथक प्रयासका बाबजुद क्युबाले यी सबै प्रगति हासिल गरेको हो ।

क्युबाका शिक्षकले पढ्न लेख्न सिकाउनका लागि ‘अवश्य, म सक्छु’ (यो सि पुएदो), जस्तो सटिक मन्त्र तयार पारे, जसले अन्य देशका लाखौँ मान्छेलाई अशिक्षाबाट छुट्करा पाउन मद्दत गर्यो । यो सि पुएदो मन्त्रले ब्राजिलका विद्वान् पाउलो फ्रेरेले भनेझैँ शिक्षा सिद्धान्तले समुदायका आवश्यकता र त्यसको निदान गर्न सहयोग पुर्याउने लक्ष्य लिनुका साथै शब्द र दुनियाँ दुवैलाई पढ्न सहयोगी बन्ने नीति लिएको छ ।

यो वर्ष क्युबाले दुई वर्ष गाँठ मनाइरहेको छ, जुन एकअर्कासँग जोडिएका छन् । ५० वर्ष पहिले हामीले अशिक्षा अन्त्य गर्यौँ, त्यही बेला ‘बे अफ पिग्स’मा विजय हसिल गर्र्यौं । जहाँ ७२ घण्टाभित्रै सीआईए प्रायोजित एवं सञ्चालित अमेरिकी सैन्य आक्रमण जबरजस्त रुपमा विफल पारिदिएका थियौँ । सन् १९६१ मा क्युबालीले दुई महान उपलब्धि हसिल गरेका थिए । क्युबा अमेरिकी महाद्वीपमा अशिक्षा अन्त्य गर्ने र सैन्य तवरबाट साम्राज्यवादलाई पराजित गर्ने पहिलो देश बन्यो । दुखद के थियो भने जुन वर्ष शिक्षासम्बन्धी काम गर्ने संयुक्त राष्ट्रसङ्घीय संस्था युनेस्कोले क्युबाका हरेक मान्छे लेख्न र पढ्न जान्ने भएको घोषणा गर्यो, त्यहीँ साल अमेरिकी राष्ट्रपति केनेडीले सैन्य आक्रमणको आदेश दिएका थिए । त्यो सैन्य आक्रमण सफल हुन्थ्यो भने अमेरिका क्युबाली जनतालाई अज्ञानता र अशिक्षाको बाटोमा लगाइदिने थियो ।

सन् १९५९ मा जब क्रातिका सुरुवात भएको थियो, त्यतिबेला एकचौथाइ क्युबाली जनता पूर्णतः अशिक्षित थिए । शिक्षित भनिएका पनि ‘व्यावहारिक रुपमा अशिक्षित’ नै मानिन्थे । उनीहरु शब्दहरु पढ्न र छुट्याउन त सक्थे तर त्यसको अर्थ लगाउन भने सक्दैनथे । क्युबामा चिन्तित पार्ने विषय के थियो भने यहाँ हजारौँ शिक्षक बेरोजगार थिए तैपनि हजारौँ विद्यालयमा शिक्षकको अभाव थियो । ती विद्यालय बिनाशिक्षक चलिरहेका थिए । एक देश जहाँका बालबालिका कुनै पनि स्कुलमा भर्ना गरिएका थिएनन् र स्कुलमा भर्ना गरिएका बालबालिका पनि प्राथमिक तहको शिक्षा पूरा नगरी स्कुल छोडिदिन्थे । बटिस्टा शासनले गराएको अन्तिम जनगणनाले यी तथ्यहरुलाई पुष्टि गर्ने तथ्याङ्क जारी गरेको अहिले पनि पाइन्छ । के सर्वविदित छ भने बटिस्टाको शासनकालमा क्युबाको असफल सामाजिक व्यवस्था र परिस्थितिलाई लुकाएर नाटकीय ढङ्गले उन्नति र प्रगति भइरहेका तथ्याङ्क प्रस्तुत गरिन्थे । क्युबाको साक्षरता अभियानले जनसहभागिताको सन्दर्भमा असाधारण आयाम प्रस्तुत गर्यो । असङ्ख्य विद्यार्थीले ब्रिगेडका रुपमा सङ्गठित भएर एक लालटिन र पढाउनलाई एक किताब लिएर शिक्षा लिने सन्दर्भमा सारा देशमाथि ‘धावा’ बोलेका थिए । यो स्वच्छ उद्देश्यले सुरु गरिएको अभियान लिएर देशका ग्रामीण इलाकासम्म पुगे । ती अभियन्तामध्येका एक, म्यानुअल अस्कुन्सेलाई भाडाका सैनिक गिरोहले मारिदिए र उनका शिष्य पेट्रो लान्टिगुवाको पनि हत्या गरियो ।

शिक्षा अभियानलाई रोक्न गरिएका अभियन्ता र त्यसमा सहभागी हुने विद्यार्थीको निर्मम हत्याले अभियानलाई बाधा पुर्याउनु त टाढाको कुरा ती आपराधिक घटनाले अरु छात्रछात्रालाई साक्षरता अभियानमा लामबद्ध हुन प्रेरित गर्यो । विद्यार्थी सङ्गठनहरुले पनि यो अभियानमा निर्णायक योगदान पुर्याए । ग्रामीण पहाडी इलाकामा पढ्न, लेख्न सिकाउने कोनराडो बेनित्ज नामका एक अभियानकर्मीको पनि हत्या गरियो । यी सहिदहरुका नाम क्युबाको शिक्षा र साक्षरता अभियानका सधैँ सम्झिरहने प्रतीक बनेका छन् ।

साक्षरता कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नु कैयौँ परियोजनाका लागि व्यापक रुपमा टिकाउ र बलियो आधार तयार पार्नु थियो । साक्षरता अभियानको सफलतापछि प्रत्येक व्यक्ति कम्तीमा प्राथमिक शिक्षा पूरा गर्नुपर्छ भन्ने प्रतिस्पर्धामा लागे । यसका साथै ठूलो मात्रामा पढाइको प्रचारप्रसारका लागि एक यस्तो प्रकाशन स्थापना गरियो, जसले अहिलेसम्म विभिन्न विषयमा करोडौँ प्रति किताब छापेको छ । जसको बिक्री आश्चर्यजनक रुपमा सस्तो मूल्यमा गरिन्छ । यो प्रयासको सुरुवात मिगुएल डी सेर्भान्टेजको सदाबहार कृति द इन्जिनियस जेन्टलम्यान डन क्विकजोट अफ ला मान्चाको प्रकाशनबाट गरियो । आधा सताब्दी पहिले क्युबाले हासिल गरेको साक्षरता संयुक्त राष्ट्रसङ्घको सहस्राब्दीय योजनामा अहिले पनि छ । शिक्षा एक यस्तो मौलिक अधिकार हो, जसबाट विश्वका करोडौँ करोड मान्छे अहिलेसम्म वञ्चित छन् । अरु देशलाई पनि हाम्रो जसरी काम गर्न मद्दत गर्नु हाम्रो पनि नैतिक जिम्मेवारी हो । हाम्रो लागि यहीँ अन्तराष्ट्रिवाद हो, समाजवादी आदर्शको मुटु हो ।

क्युबाका शिक्षकले पढ्न लेख्न सिकाउनका लागि ‘अवश्य, म सक्छु’ (यो सि पुएदो), जस्तो सटिक मन्त्र तयार पारे, जसले अन्य देशका लाखौँ मान्छेलाई अशिक्षाबाट छुट्करा पाउन मद्दत गर्यो । यो सि पुएदो मन्त्रले ब्राजिलका विद्वान् पाउलो फ्रेरेले भनेझैँ शिक्षा सिद्धान्तले समुदायका आवश्यकता र त्यसको निदान गर्न सहयोग पुर्याउने लक्ष्य लिनुका साथै शब्द र दुनियाँ दुवैलाई पढ्न सहयोगी बन्ने नीति लिएको छ । पूर्वज शिक्षा अभियन्ताका साहसिक पाइला पछ्याउँदै दशौँ हजार क्युबाली नवयुवक ल्याटिन अमेरिका, अफ्रिका र अन्य महाद्वीपका सबैभन्दा दुर्गम इलाकामा ‘धावा’ बोलेका छन् । साक्षरता अभियानमा लामबद्ध भएका छन् । जसको सफलताको उदाहरण हो भेनेजुएलालाई संयुक्त राष्ट्रसघीय संस्था युनेस्काले पूर्ण साक्षर मुलुक घोषणा गर्नु ।

बोलिभिया, निकारागुवा, हैटी र इक्वेडोर जस्ता देशको जनसङ्ख्याको ठूलो हिस्सामा सामान्य शिक्षा मात्र पुगेको छ । यी देशहरु दृढ विश्वासका साथ अज्ञानताको अभिसापबाट छुट्कारा प्राप्त गर्ने बाटोमा अग्रसर छन् । युनेस्कोले प्रमाणित गरेको क्युबाको साक्षरता योजना ‘यो सी पुएदो’ विश्वभरका २० देशमा सफलतापूर्वक लागू भइसकेको छ । आजसम्म यो योजनाका ११ संस्करण तयार भइसकेका छन । स्पेनका लागि सात (भेनेजुएला, म्याक्सिको, अर्जेन्टिना, इक्वोडोर, बोलिभिया र उरुग्वेका लागि), पोर्चुगलका लागि एक, अङ्ग्रेजी एक, बोलिभियाका लागि क्वेचेचुवा र आयमरा तथा हालै मात्र पूर्णता पाएको क्रियोलका लागि एक संस्करण जसलाई सलतापूर्वक प्रयोग गरिसकिएको छ । यो अभियानले दिन दुई गुणा रात चौगुणा सफलताले सुन्दर फल प्राप्त गरेको छ । यो निःस्वार्थ र चुनौतीपूर्ण अभियानको हिस्सा क्युबा मात्रै रहेन । आज क्युबाका साथ भेनेजुएला, बोलिभिया, हैटी, इक्वोडोरका साथै अन्य देश नवयुवकहरु काँधमा काँध मिलाएर अघि बढिरहेका छन् ।

शिक्षामा जस्तै स्वास्थ्यमा पनि व्यापक मात्रामा निःशुल्क सुविधाबारे प्रचार भइरहेको छ । वर्षौंसम्म दशौँ हजार क्युबाली डाक्टरहरुले ल्याटिन अमेरिका, क्यारेबियन देशहरु, अफ्रिका र एसियाका देशहरुमा सेवा दिएका छन् । यो लक्ष्य प्राप्तिका लागि अब उनीहरु एक्लै छैनन् ।  हवानाको पश्चिममा रहेको ल्याटिन स्कुल अफ मेडिसिनबाट हालसम्म संयुक्त राज्य अमेरिकासहित कैयौँ देशका धेरै युवाहरुले शिक्षा प्राप्त गरिसकेका छन् । केही स्नातक तहको शिक्षा हसिल गरेका विद्यार्थी हेनरी रीभे ब्रिगेडुसँग मिलेर काम गर्छन् । यो क्युबाली डाक्टरहरुको एक दस्ता हो जुन कैटरिना नामको सामुद्रिक आँधीबाट पीडितहरुको सहयोगका लागि गठन गरिएको थियो । हुन त अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले ब्रिगेडले लुसियानाका पीडितलाई सहयोग गर्ने प्रस्तावलाई अविष्किार गरेका थिए । अमेरिकी पीडितलाई सहयोग गर्न नपाएपछि हेनरी रभे ब्रिगेडु भूकम्पबाट पीडित पाकिस्तानका हिमाली क्षेत्रमा सहयोगका लागि पुगेको थियो । हालै मात्र हजारौँ क्युबाली यो ब्रिगेडमा जोडिएका छन् । यसमा जोडिने मान्छेहरु २० औँ शताब्दीको अन्त्यमा जीवन रक्षा सेवा दिन हैटी पुगेका थिए । उनीहरुले त्यहाँ महामारी बनेको हैजालाई निर्मूल पारिदिएका थिए । हाम्रा डाक्टरहरुलाई हैटी र पाकिस्तानमा सम्मानित गरिएको छ, साथै अन्तर्राष्ट्रिय संस्थाहरुले हाम्रो प्रयासहरुलाई स्वीकार गरेको छ ।

विश्वका कर्पोरेट मिडिया, खासगरी अमेरिकाका मिडियाहरुले यसबारे थोरै मात्र समाचार प्रकाशन प्रसारण गरेका छन् । सायदै कुनै अमेरिकी नागरिकले यी प्रयासका बारेमा सुनेका होलान्, जबकि कैयौँ अमेरिकी डाक्टरले क्युबामा व्यावसायिक प्रशिक्षण लिने क्रममा यी अभियानमा सहभागिता जनाएका छन् । अमेरिकामा सायदै कोहीलाई थाहा होला हेनरी रिवेको बारेमा, जसका नाममा यो ब्रिगेड बनाइएको छ । हेनरी रिवे १९औँ शताब्दीमा क्युबाको स्वतन्त्रताका लागि लडेका अमेरिकन युवा थिए ।

साक्षरताका बारेमा भएका अन्तर्राष्ट्रिय कामबारे पनि मिडिया चुप रहेको छ । क्युबाका शिक्षकले न्युजिल्यान्डमा ‘यो सी पुएदो’लाई सफलतापूर्वक लागू गरेका थिए । अहिले क्यानडामा पनि त्यस्तै गरिरहेका छन् । उनीहरु दुवै देशका सरकार र नागरिक समाजसँग मिलेर लागू गर्छन् । जुन विकासशील देशको कल्पनामा पनि आएको हँुदैन । क्युबाको क्रन्तिद्वारा विकसित शैक्षिक कामलाई घेराबन्दी खुलस्त रुपमा भन्दा आइजनआवरको पालमा सुरु भएको आर्थिक युद्ध ओबामा प्रशासनमा पनि जारी रहेको कारण कठिन परिस्थितिमा यो काम पूरा भएको हो । हामीले के याद गर्नुपर्छ भने यो आर्थिक युद्ध सुरुवातदेखि नै आम नरसंहारका लागि तयार पारिएको थियो । किनकि यसको उद्देश्य जहिले पनि क्युबाली जनतालाई नोक्सान पुर्याउनु रह्यो । ढिलो गरी बाहिर आएका केही अमेरिकी खुफिया दस्ताबेजमा यो नीतिको उद्देश्य थियो, ‘आर्थिक असन्तोष र कठिनाइमा आधारित भएर सरकारप्रति जनताको मोहभङ्ग गर्नु र क्युबालाई मुद्रा र विभिन्न वस्तुबाट वञ्चित गरेर वित्तीय र वास्तविक आय कम गर्नु, भोकमारी र असन्तोष बढाएर सरकारलाई बर्खास्त गर्नु ।’ (अफिस अफ द हिस्टोरियन, ब्युरो अफ पब्लिक अफेयर्स, यूएस डिपार्टमेन्ट अफ स्टेट्स जान पी, ग्लेनन फरेन रिलेसन्स अफ द युनाइटेड स्टेट्स, १९५८ (१९६०, भोल्युम ६, क्युबा वासिङ्टन डिसी)

यस्ता चुनौतीका सामना गर्दै हामीले कसरी शिक्षाको प्रसार गर्यौँ ? कसरी हामीले विद्यालय, प्रयोगशाला र पुस्तकालयको सङ्ख्या बढायौँ ? कसरी हामीले आवश्यक उकरण र सामग्रीको उपलब्धता सुनिश्चित गर्यौँ ?

अन्य देशका जनताका तुलनामा क्युबाका जनताले अधिक मूल्य चुकाउनु पर्यो । छिमेकी देश अमेरिकी बजारसम्मको पहुँचमा लगाइएको प्रतिबन्धका कारण अत्यावश्यक निर्माण सामग्री, पुनः निर्माण सामग्री र शैक्षिक क्षेत्रलाई आवश्यक पर्ने सामग्रीका लागि टाढाटाढासम्मका बजारमा खोज्न जानुपथ्र्याे । जसका कारण यातायात र ढुवानीको खर्च बढ्ने भएकाले क्युबाली जनता पीडित बनेका थिए । यो मूल्य वासिङ्टन डिसीले क्युबासँग व्यापार गर्ने कम्पनीलाई लगाएको तथाकथित ‘क्युबा रिस्क क्लउज’का कारण झनै बढ्थ्यो । हामी क्युबालीहरुले कुनै पनि देशले उत्पादन गरेका सामानको मूल्य त्यसको वास्तविक मूल्यभन्दा बढी तिर्नुपर्छ । कुनै पनि सामानको उत्पादन वा विज्ञापन अमेरिकासँग जोडिएको छ भने जुनसुकै बेला अन्तर्राष्ट्रिय सम्झौता रद्द हुन सक्छन् । जीवनमा हामीले पटकपटक यस्ता कुरा देखेरै बाँचेका छौँ ।

यी सबैका बाबजुद, क्युबा सबैलाई शिक्षा र सभ्यता पुर्याउने लक्ष्यमा लगातार अग्रसर भइरहेको छ । सन् १९९० को दशकमा सोभियत सङ्घको विघटन तथा टोर्रिसेल्ली (१९९२) र बुर्टोन (१९९६) सन्धिको हवला दिँदै विस्तार गरिएको अमेरिकी नाकाबन्दीको कारण देश कठिन अर्थिक सङ्कटबाट गुज्रिनुपर्यो । त्यसका बाबजुद हामीले कैयौँ उल्लेखनीय उपलब्धि हाँसिल गरेका छौँ ।

खासगरी ती कठिन वर्षहरुमा सरकारले सञ्चालन गरेका परियोजनाहरुले उल्लेख्य प्रगति हाँसिल गरेका थिए । त्यसो हुनुमा विद्वानहरु र शिक्षासँग सम्बन्ध भएका व्यक्तिहरुको समर्थन र प्रोत्साहन प्राप्त भइरह्यो । यहाँ विशेष जोडदिएर भन्नैपर्ने कुरा के छ भने विभिन्न कलात्मक र सांस्कृतिक सम्पदाहरुलाई दैनिक जीवनमा सामेल गरियो । जसले विभिन्न समुदायको जीवनमा पुनः सञ्चार गरिदियो ।

हवाना प्रत्येक साल एकसाथ हजारौँ विशेषज्ञ र पेशाकर्मीलाई निमन्त्रणा दिन्छ, जसमा अमेरिका र अन्य देशका नागरिक हुन्छन् । विश्वभर विश्वविद्यालय र शिक्षाक्षेत्रमा आइपर्ने समस्याका बारेमा विमर्श गरिन्छ । पुस्तक मेला, जसको बीसौँ वर्षगाँठ हालै सम्पन्न गरियो । यो पूरै क्युबामा फैलिन्छ । यसमा लाखौँ पाठकले भाग लिन्छन् । यी कार्यक्रममा लेखक र कलाकारसँग भेटेर छलफल गर्नुका साथै, सस्तो मूल्यमा पुस्तक बिक्री गरिन्छन् ।

क्युबाका पाँच टिभी च्यानलमध्ये दुई च्यानल शिक्षा क्षेत्रमा समर्पित छन् । शिक्षा ग्रहण गर्नका लागि जनतासम्म प्रकाशित सामग्री छन्, जसमा विविध विषय समेटिएका छन् । जसमा इतिहास, अर्थशास्त्र, भूगोल, विज्ञान, साहित्य, दृश्य कला, सङ्गीत र विदेशी भाषा सामेल छन् ।

फदार कबायरोले एउटा यस्तो क्युबाको सपना देख्ने साहस गरेका थिए जहाँ शिक्षा साझा सम्पदाका रुपमा हुनेछ र यसबाट कोही पनि वञ्चित नहोस् । फदर कबायरोले सपना देख्ने साहस गरेको समयदेखि अहिलेसम्म हामीले लामो र विभिन्न घटनाहरुले भरिएको यात्रा तय गरेका छौँ । आज क्युबाको समाज विगतमा गरेका कामको चिन्तन गर्ने मोडमा आइपुगेको छ, जसमा सबै लोकतान्त्रिक व्यवस्थाअनुसार खुला रुपमा छलफल गर्न सक्छन् । यसका अलवा विगतमा कठिन परिश्रम र अधिक मूल्य चुकाएर प्राप्त गरेको परिणामलाई कसरी सही संरक्षण गर्नुपर्छ भन्नेबारे चिन्तन गर्ने बेला भएको छ । हामी आफ्नो समाजवादी व्यवस्था बचाइराख्ने कोशिस गरिरहेका छौँ, यो समाजवादी देश जसलाई चौतर्फी घेरिएको देश र दुनियाँ जसको मानव सभ्यता सङ्कटमा परेको छ, तैपनि आजसम्म यो व्यवस्था टिकिरहेको छ ।

शिक्षाबारेको यो राष्ट्रिय वैचारिक बहस २०११ अप्रिलमा भएको कम्युनिस्ट पार्टीको छैठौँ अधिवेशनको मुख्य हिस्सा बनेको थियो । यो यस्तो बहस थियो जसमा हरेक क्युबाली नागरिकले सहभागिता जनाएका थिए । बहसका क्रममा कामरेड फिडेल क्यास्त्रोले दोहोर्याएर भनेका थिए, ‘हरेक चीजमा परिवर्तन गर्नुपर्छ, जसलाई परिवर्तन आवश्यक छ ।’ शिक्षालाई आफ्नो सबैभन्दा महत्वपूर्ण रत्न मानेर भविष्यमा क्युबा अगाडि बढ्नुपर्छ । सबैका लागि समान शिक्षा, श्रेष्ठ शिक्षा देशको स्वतन्त्रताको आधार र पथप्रर्शक बनिरहनेछ ।

अनुवाद : जयसिंह महरा


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको