बेरोजगारहरुका लागि सुबर्ण अवसर : सरकाले ल्यायो रोजगारी खोज्न वेभसाइट सञ्चालनमा

भदौ २०, २०७४

सरकारले रोजगारसम्बन्धी सूचना दिने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याएको छ । सरकारी प्रयासमा पहिलोपटक शुरु गरिएको http://www.jobkhoj.gov.np साईटमा बेरोजगारले आफ्नो शैक्षिक योग्यता र गर्न चाहेको कार्य समाबेश गरि काम खोज्न सक्ने बताइएको छ ।

Job-Onlinepana

साइटमा रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिका पदहरु खुला गरिएको जानकारी राखिएको हुन्छ ।

अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँग अवसरका खोजीमा रहेका युवाहरुलाई लक्षित गरी उक्त साइट संचालनमा ल्याएको होे । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई समन्वय गर्ने कार्यमा उक्त साईट सहयोगी हुने बताईएको छ ।

कामको खोजीमा रहेका युवाहरुले कामको प्रकृति , आवश्यक अनुभव र सम्पर्क स्थान उक्त साईटबाट प्राप्त गर्न सक्नेछन् । रोजगारदातामा क्लिक गरेपछि कम्पनीको सम्पर्क खुल्नेगरि साइट डिजाइन गरिएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका १४ रोजगारदाता सुचना केन्द्रले यस कार्यका लागि सहजीकरणको भुमिका निर्वाह गर्नेछन् ।

मुलुकभर १४ स्थानमा रोजगार सूचना केन्द्रहरु स्थापना गरि बेरोजगारहरुको लगत तयार गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सुचना केन्द्र संचालनमा ल्याइएको जनाइएको छ ।

श्रम बिभाग मातहत प्रत्येक अञ्चलमा एक पर्नेगरि १४ स्थानहरु महेन्द्रनगर ,धनगढि, नेपालगन्ज, जुम्ला ,दाङ, पर्वत, बुटवल, पोखरा, हेटौडा, जनकपुर, उदयपुर बिराटनगर, भद्रपुर र काठमाडौमा रोजगार सूचना केन्द्रहरु स्थापना गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको