मुखै रसाउने स्वादिलो तास यसरी बनाउनुस्

भदौ २०, २०७४

तास अत्यन्तै स्वादिलो परिकार हो । यो मिठो परिकार घरमै पनि मज्जाले बनाउन सकिन्छ । यदि तपाईंलाई सामान्य टिप्स भएको खण्डमा घरमै मज्जाले तास बनाउन सक्नुहुन्छ । तपाईंले मटन वा चिकेन दुवैको तास बनाउन सक्नुहुन्छ ।

Tass-625x405

सबैभन्दा पहिले मासु तयार पार्नुहोस् ।

कम्तीमा ३० देखि ३५ ग्रामसम्मको मासुको टुक्रा हुने गरी काट्नुहोस् ।

तास बनाउँदा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा मसला मिसाउँदा गर्नुपर्छ ।

कम्तीमा १ केजी मासुको लागि १–१ पाउ लसुन, अदुवाको टुक्रा कुट्नुहोस् ।

मिटमसला ३० देखि ४० ग्राम, गरम मसला ४० देखि ४५ र खुर्सानी ४० देखि ४५ ग्राम तयार पार्नुहोस् ।

नुन आवश्यकताअनुसार राख्ने र खुर्सानीलाई टुक्रा हुने गरी कुट्नुहोस् ।

कम्तीमा १ केजी मासुको लागि १५० एमएल तोरीको तेल राख्नुहोस् । अनि सबै कुरा भइसकेपछि मसला र मासु तेलमा भिजाई मज्जाले मिच्नुहोस् ।

अब मासुलाई तोरीको तेलमा मज्जाले भुट्नुहोस् ।

तास तयार भयो । आवश्यकताअनुसार झिकेर खान सक्नुुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको