सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
कटारी नगरपालिकाको प्रथम नगर सभाले ६९ करोड १० लाख ५० हजार ९ सय २५ रुपैँयाको बजेट प्रस्तुत गरेको छ । मंलवार प्रथम सभामा कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले आ.व. २०७४÷७५ का लागि उक्त रकम प्रस्तुत गर्नुभएको छ ।
वहाँले आन्तरिक श्रोतबाट २ करोड २२ लाख ८१ हजार ५६१ रुपैँया २१ पैसा र बाह्य स्रोतबाट ६६ करोड ८७ लाख ६९ हजार ३६३ रुपौँया ८५ पैसा गरी ६९ करोड १० लाख ५० हजार ९ सय २५ रुपैँया ६ पैसा प्रस्तुत गर्नुभएको छ । श्रेष्ठले उक्त रकम चालु तर्फ ३४ करोड ४५ लाख ५२ हजार ८१६ रुपैँया र पूजीँगत तर्फ ३४ करोड ६४ लाख ९८ हजार १०९ रुपैँया ०६ पैसा खर्च गर्न सकिने बताउनुभयो ।
सभामा श्रेष्ठले कटारी–वेतीनी केवलकारको सभ्भाव्यता यसै वर्ष देखि गरिने र कटारी टाउन प्लालिङ्गलाई सडक नाला सहित कालो पत्रे गर्ने कार्यलाई निरन्तरत ागर्ने नीति अवलम्वन गरिने वक्तव्यमा पस्तुत गर्नु भएको छ । कटारीमा रहेको २ वटा बसपार्कको स्तर उन्नती गरि संचालन व्याउने र कटारी बजार क्षेत्रमा सि.सि.क्यामेरा जडान गर्ने कार्यलाई अगाडी बढाउने वक्तव्यमा उल्लेख गरिएको छ ।
नगर प्रमुख श्रेष्ठले सार्वजनिक निकायलाई जनता प्रती उतरदायी र जवाफदेही बनाउन संचार क्षेत्रले महत्वपूर्ण भुमिका खेल्ने भन्ने पत्रकारिता क्षेत्रको संस्थागत विकास गर्ने जानकारी दिनुभयो । कार्यक्रमा पूर्वाधार तथा संरचना विकास,जनसंख्या तथा सामाजिक विकास,कृषि वन तथा वातावरण,जलस्रोत तथा भुमिक्षेत्र ,सार्वजनिक सेवा तथा क्षमाता विकासको क्षेत्रमा बजेत विनियोजन गरेको छ । साथै एकिकृत सम्पती कर र व्यवसाय दर्तालाई अनिर्वा गराउने लक्ष्य लिएको छ ।
कटारी नगरपालिका आसपासका ७ तत्कालिन सिरिसे,रिस्कू,हर्देनी,लिम्पाटार,सोरुङ्ग छविसे,मयँखु,र लेखानी गरी नगरपालिका घोषणा भएको हो । कार्यक्रममा संसद भिष कुमारी राउत,जिल्ला समन्वय समितिको संयोजक खड्ग परियार लगायत सरकारी,गैरसरकारी,राजनैतिक दल लगायत पत्रकार सहितको उपश्थिती रहेको थियो ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका