कविता : सन्तान

५ वर्ष अगाडि

18342459_1748536728780443_3636278039881463767_n

समीर पौडेल

सन्तान त तिमी नि हौ ,म नी हुँ
फरक एत्ती हो
जन्म दिएकी मेरी आमाको कोख
अनी तेस्मा म र तिमी
तर मेरी आमा लाई कसैले धोका दिएछ
रातको अधेरीमा सुटुक्क ,तिमीलाई चोरि
तिमीलाई लीलामी चडाएछ
म कोख मा थिए ,तिमी अन्तै कही
म हुर्किदै गए , तिमी हुर्केउ कही कतै
मैले देखेको छु हरेक दिन
मेरो अनी तिम्रो आमा
रुन्चिन तिम्रो याद मा
हरेक दिन तिमीलाई पाउने
एउटा पूर्ण आशमा
म हुर्किदै जादा ,
बयेस्क भएको पत्तै भएन
तिमी नी जवान भएछौ
तिमीले मलाई चिन्दा , र मैले तिमीलाई
तिमी बिद्रोह गर्दै आमा को कोख माग्दै हिडेउ
मलाई पनि तिम्रो साथ चहिएको त थियो
तर बिडम्बना
अर्जुन का छोरा अभिमन्नुलाई झै
मलाई चारै तिर बाट हिर्काये
म घायल र बिबश
म केही बोल्नै सकेन , केही गर्नै सकेन
नत हाम्री आमा को आसुले तिमीलाई रुझाउन सके
हुँदैजादा
तिम्रा सन्तानले हजुरआमा भनि अर्कैलाई पढे
पढाउनु तिम्रो मज्बुरी थियो
अब ––––तिम्रो र मेरो सन्तान मा दुरी बढेछ
मेराले आफ्नोलाई हजुरआमा भन्दा
तिम्राले अर्कैलाई भनेछँन
शायद ,गल्ती मेरै हो
तिमीलाई समयेमै आमा को काख नदिदा
तिम्रा सन्तान म सँग रुस्ट छन
अनी उनको रिस
तिम्रो र मेरो आमा
अनी उनी माथि पोख्दैछन !!!


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट