कविता : शुभकामना

मोहन अभिलाषी भदौ २९, २०७४

1382019_1506148146352637_3463045461811218865_n

समीर पौडेल

रातको एक बजेको हुँदो हो
म सपनीको तकियामा हाम फालेर
बिपनी को बस्तीसँग मितेरी लाउदै थिए
ऊ मेरी पियारी
पेटी को डिलमा
मेरो नजिकै मेरो मनमा बसेकी थी
उसका हरेक मुस्कान एक मिठो आवाज थियो
उसको मन , मेरो मन थियो
आज पनि ऊ मेरी मन छे
तर हरेक मुस्कानमा मेरो खुशी खोज्ने ऊ
ऊ आज निरास छे
बगेको पानि फर्केर आउँदैन
डुबेको घामले उजेली दिदैन
शायद
मेरो पनि कथा त थियो तर यस्तै थियो
त्यो दिन नीस्पट्ट घाम लगेको दिन
त्यो दिन मन जलेको दिन
मेरा हत्केलामा उसले साचेको सपनी चुहेको दिन
मेरो लागी कसरी त्यो दिन खुशीको दिन हुनसक्छ
हरेक मानिसले जन्म दिन को शुभकामना दिदा
म बाहिरी हासोसँग भित्रैदेखी रुदै थिए
त्यो दिन आजैको दिन थियो
जुन दिन उसलाइ मैले गुमाएको थिए
अब तपाईंहरु नै भन्नुस्
तिमीलाई जन्म दिनको शुभकामना !!!


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको