गायक प्रदिप ढकालको”तिम्रो र हाम्रो बोल गीतको” म्युजिक भिडीयो सार्वजनिक

अशोज ७, २०७४

नेपाली गित संगीतको क्षेत्रमा आफ्नो स्वर्णीम ईतीहास वनाउन विगत ७ वर्ष देखि निरन्तर रुपमा संघर्ष गरीरहेका गायक प्रदिप ढकाल ले भरखरै मात्र नयाँ म्युजिक भिडीयो ” तिम्रो र हाम्रो “ बजारमा लिएर आएका छन । यस भन्दा पहीले “तोङबा मै रमाउँछ”, “बर्षात आयो” र भुकम्पको गीत “जुटौँ सबैमिली” बाट सबैको मन् जित्न सफल गायक प्रदिप ढकालको यो चौँथो भिडीयो हो ।

21931774_1925381984453228_1534468944_o
पश्चिममा जन्मिएर पनि पुर्वेली गीत अत्यन्त मीठो गाउने प्रदिप ढकालको आफ्नै शब्द तथा संगीत र श्याम सुनुवारको संगीत ऐरेन्ज रहेको यस गीतको शब्द ” तिम्रो र हाम्रो भेट्भो नि लैलै भेडेटारैमा-घुमौँला संगै धरान बजार मोटरकारैमा ” ले केटाकेटी विचको मायाँ अनी त्यस ठाउँको पर्यटन प्रवर्दनलाई पनी समेटेको गायक बताउँछन् ।

पर्वेली लोक लयमा रहेको यस् गीतमा अहिलेकी चर्चित अनि नीकै व्यस्त मोडल क्रीष्टीना थापा र मोडलिङ क्षेत्रका उदयमान मोडल दया को अभिनय रहेको छ ।एलिना कार्कि र सत्य कार्कि निर्माता रहेको यस भिडीयोको छायांकन बुद्ध थापा, मेकअप समरा लामा,सम्पादन बिकाश धमला ले गरेका छन् भने यस भिडीयो लाई अहीलेका चर्चित निर्देशक राजीब समरले निर्देशन गरेका हुन ।काठमाण्डौ,धरान अनी भेडेटारमा छायांङ्कन गरीएको यस भिडीयोलाई दर्शक तथा स्रोताहरुले अत्यन्त मन पराउनुहुनेछ भन्ने कुरामा विस्वस्त छन् गायक तथा निर्देशक ।

 

तिम्रो र हाम्रो” भिडीयो हेर्न यस लिङ्कमा क्लिक गर्नु होला :-


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको