भूकम्पपीडितले छिमेकी जिल्लामा पनि घर बनाउन पाउने, यस्तो छ प्रक्रिया

कार्तिक १, २०७४

भूकम्प प्रभावित जिल्लाका लाभग्राहीले सीमा जोडिएका अन्य प्रभावित जिल्लामा पनि सरकारी अनुदान लिएर घर बनाउन पाउने भएका छन् ।

Punarnirman-Pradhikaran

भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि (पहिलो संशोधन) २०७३ ले लाभग्राही सूचीमा परेका भूकम्पपीडितले आफ्नो इच्छाअनुसार आफ्नै जिल्ला वा सीमा जोडिएको जिल्लामा पनि घर बनाउन पाउने व्यवस्था गरेको हो।

यसैगरी जोखिमयुक्त बस्तीका लाभग्राहीले पनि आफ्नो इच्छाअनुसार आफ्नै जिल्ला वा सीमा जोडिएको जिल्लामा सर्न चाहेमा घडेरी किन्न  दुई लाख रुपैयाँ र घर बनाउन तीन लाख रुपैयाँ अनुदान पाउने संशोधित कार्यविधिमा व्यवस्था गरिएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य ध्रुवप्रसाद शर्मा भूकम्पबाट क्षतिग्रस्त आवास भएकै जिल्ला वा सीमाना जोडिएको भूकम्पबाट प्रभावित जिल्लाको अन्य सहज हुने उपयुक्त स्थानमा आवास निर्माण गर्ने भएमा उल्लेखित अनुदान रकम उपलब्ध गराइने व्यवस्थाअनुसार एउटा जिल्लाको भूकम्पपीडितले अर्काे जिल्लामा पनि घर बनाउन पाउने व्यवस्था भएको बताउँछन्।

उदाहरणका लागि ‘सिन्धुपाल्चोकका लाभग्राही सूचीमा परेका घरधनीले काठमाडौंमा घर बनाउन पाउनेछन्, तर त्यसका लागि छिमेकी जिल्ला भूकम्प प्रभावित हुनुपर्नेछ, त्यसरी प्रक्रिया पूरा गरेर घर बनाउने लाभग्राहीले निजी आवास अनुदानबापत  तीन लाख रुपैयाँ पाउनेछन्’, उनले भने। प्राधिकरणको सिफारिसमा सरकारले जोखिमयुक्त बस्तीका बासिन्दा सुरक्षित स्थानमा सर्न चाहे घडेरी खरीदका लागि  दुई लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो ।

संशोधित कार्यविधिमा ‘जोखिमयुक्त बस्तीबाट अन्यत्र सार्नुपर्ने भनी किटान भएका घरधनीहरूमध्ये कुनै घरधनीले आफ्नो इच्छाअनुसार सोही जिल्ला वा सीमाना जोडिएको प्रभावित जिल्लाको सुरक्षित स्थानमा बसोबास गर्न चाहेमा उक्त ठाउँमा घर निर्माण गर्न चाहिने जग्गा व्यवस्था गर्नका लागि अनुदानस्वरुप प्राधिकरणले तोके बमोजिमको प्रक्रिया पूरा गरी  दुई लाख रुपैयाँसम्म एकमुष्ट उपलब्ध गराइने व्यवस्था गरिएको छ’ भन्ने वाक्यांश उल्लेख गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज