सामाजिक विषयवस्तुमा आधारित नाटक ‘भागवत–टोलमा भोलाराम’

माघ १२, २०७४

नाटक  ‘भागवत–टोलमा भोलाराम’ बुधबारबाट मण्डला थियटरमा मन्चन सुरु भएको छ । प्रसिद्ध नाटककार विजय बिष्फोटको लेखन, परिकल्पना तथा निर्देशन रहेको छ । निर्देशकले हाम्रो समाजलाई यौटा भागवत टोलका रुपमा परिकल्पना गरेका छन् भने यहा रहने हरेक व्यक्तिलाई उनले भोलाराम भनेका छन् । यौटा निरिह व्यक्तिलाई समाजमा रहेका विभिन्न किसिमका सल्लाह सिरोमनिहरुले दिने सल्लाह र तेस्बाट व्यक्तिको जिबनमा पर्ने असर लाइ गहन ढंगबाट उठान गरियको छ ।

26992426_1612439702183025_6612805879001499039_n

अहिलेसम्म २२ वटा भन्दा बढी मनचनिय नाटक निर्देशन गरेका बिष्फोट को यो नया नाटक हो । ४० को दसकमा जुकाको अदालत नाटक बाट आफ्नो नाट्य यात्रा थालेका बिश्फ़ोट्ले खोल, सेतो कपाल, बुर्की, बुद्ध हरायको सुचना लगायतका चर्चित नाटक लेखन तथा निर्देशन गरेका छन् ।

मुलतः सामाजिक विषयवस्तुलाई उठान गरेको यस नाटकले आत्मनिर्णयको महत्वलाई समेत दर्शाउन खोजेको बताइएको छ । यसअघि मञ्चन भएका नाटकहरुको तुलनामा यस नाटकले केही फरक ढंगले दर्शकलाई मनोरञ्जन दिलाउने निर्माण पक्षले जनाएको छ ।

दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको यस नाटकमा किरण श्रेष्ठ, पुष्कर कार्की, रोशन सुवेदी, किरण चापागार्ईं, रोहानी लामा, दिलिप खड्का, रोशनी कार्की, बिक्रम श्रेष्ठ, सुवास नेपाल, अनिल कार्की, दिपेश काफ्ले, नोर्जेन लामा, मोनिका खतिवडा, ज्योती राई लगायतका कलाकारहरुको बेजोड अभिनय हेर्न सकिन्छ ।

मण्डला नाटकघरको प्रस्तुति रहेको यो नाटक माघ २१ गतेसम्म हरेक दिन बेलुकी ५ बजे मण्डला नाटकघरमा मन्चन हुनेछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको