सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
गत साउनमा अत्यन्त सफलता पूर्वक मञ्चन भएको जिउँदो आकाश नाटक पुनः सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । तेस्रो लिङ्गीको विषयमा तयार पारिएको यो नाटकलाई दर्शकले अत्यन्त मन पराएका थिए । साउन १३ देखि २१ सम्म मञ्चित उक्त नाटक थप मञ्चन गर्ने माग हुँदाहुँदै पनि समयतालिका नमिलेको कारण रोक्नु परेको नाटककार चन्द्रप्रसाद पाण्डेयले बताए ।
त्यस्तै भारतको प्रसिद्ध एन.ए.एस.डी (National school of drama) को अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै जिउँदो आकाश छनोटमा परेकोमा उत्साहित भएको भन्दै नेपाली दर्शकहरुको लागि एक साताको लागि नाटक मञ्चन गर्न लागेको निर्देशक आर.के.मेहता रोशनले बताए । त्यस्तै कलाकार अनिल सुब्बाले दर्शकको अत्यन्तै राम्रो प्रतिक्रिया पाउँदा पाउँदै पनि रोकिएको नाटक पुनः मञ्चन हुने कुराले आफू उत्साही भएको सुनाए । यो नाटक सर्वनाममा फागुन ११ देखि १९ सम्म मञ्चन गरी भारतको गुहाटीमा २८ र दिल्लीमा ३० गते देखाइनेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका