आफ्नो पहिचानप्रति सजग बनौँ

साउन २४, २०७३

निलु प्रजापति/काठमाडौ : आफू को हुँ, आफूहरु कहाँबाट आएका हौं र आफ्नो परिचय के हो भन्ने आज विश्वभरका मानिसहरुको सरोकारको विषय बनेको छ । विभिन्न रुपमा आर्थिक तथा भौतिक रुपमा उन्नत समाज भइसकेर पनि आफ्नो मूल्य र मान्यताको लागि पहिचान नभएका कारण मानिसहरु निरास बन्न बाध्य भइरहेका छन् । त्यसैले पनि आज विश्वभर पहिचानको संघर्ष जारी रहेको छ । नेपालमा पनि विगतका शासकहरुले पहिचान समाप्त पार्नका लागि विभिन्न खालका टिकदम खेलेकाले अहिले आएर पहिचानको संघर्ष जारी रहेको छ ।

एकलौटी रुपमा शासकहरुले अन्य पहिचानलाई दमन गरेर स्थानीय भाषा, कला, संस्कृति तथा स्थानीय जाति र स्थानीय गौरव नै समाप्त पार्ने हेतुले विभिन्न खेलहरु जारी राखे । नेवाः संस्कृति समाप्त पार्नका लागि दरवारीयाहरु आफै अग्रसर भएर राज्ययन्त्र नै प्रयोग गरी दुई सय पचास वर्ष अगाडि पृथ्वीनारायण शाहले सुरु गरेको आतंकलाई कोहीं पनि राष्ट्रभक्त नेपालीले बिर्सन सकेका छैनन् । त्यसैले पनि नेवार लगायत हामी सबै नेपालीहरुले पनि आज पहिचान र संघीयताको लागि संघर्ष गरेर २०६२/६३ को जनआन्दोलन सफल बनाइसकेका छौं । तर पहिचान र संघीयताको विषयमा आवश्यक मात्रामा प्रशिक्षण तथा अभ्यास हुन नसकेका कारण आज आएर पुनः नेपालमा संघीयता र पहिचानको उचित प्रयोग हुन नसकिने स्थिति देखापरिरहेको छ ।

पहिचान भनेको आफू को हो भन्ने कुरो हो । म नेवार, तिमी राई, उ मगर वा कुनै एक जातिको पहिचान हामी नेपालीको हुनुपर्दछ । त्यसैगरी म यो स्थानमा जन्मेको हुँ वा म भक्तपुरको हुँ, म काठमाडौंको हुँ भन्ने परिचय वा पहिचान हुनुपर्दछ । म काठमाडौं आधि ललितपुर आधि बस्छु भनी अथवा म नेवार आदि मगर आधि भनेर आफ्नो परिचय वा पहिचान स्पष्ट हुन सक्दैन । कि उ मगर मात्रै हुन्छ । कि उ नेवार मात्रै हुन्छ । जसरी दुई वा तीन पार्टीको गठबन्धन गरी सरकार कायम हुन सकिने हो, त्यसरी दुई वा तीन जातिको गठनबन्धन पहिचानमा हुन सक्दैन । पहिचान भनेको पहिचान हो । त्यो स्पष्ट हुनु जरुरी छ । नेवाः आधि खस् आदि, केटा आधि केटी आधि वा काठमाडौं आधि ललितपुर आधि भनेर आफ्नो वा ब्यक्ति समुदायको पहिचान हुनसक्दैन । पहिचान भनेकै एकल हुन्छ, बहुपहिचान भनेको पहिचान नहुने गर्नु वा आफ्नो पहिचान नै गुमाउन दिनु जस्तो मात्रै हो ।

संसारमै त्यसरी पहिचान वा परिचय खोज्ने क्रममा आफू कहाँबाट आएका, आफ्नो पुर्खा कताबाट आएका वा कताबाट को आज आएर सो स्थानमा आएका हुन् भन्ने जान्न खोजी भइरहेको छ । जातिको चिनारी वा पहिचान भनेको त राजनीतिक पार्टी वा धर्म, संस्कृति जस्तै फेरेर फेर्न नसकिने गरी रगत वा नस्लसंग सम्वन्ध रहेको कारण यसलाई फेर्न पनि सकिन्न । त्यसैले पनि यो पहिचान दीर्घकालीन पहिचान पनि हो ।

पहिचान कायम गर्ने भनेको नै आफूहरु को हो, आफ्नो मौलिक धर्म संस्कृति, कला र गौरवका कुराहरु के कस्ता हुन् भनी चिन्नु हो । विविधताका बीच एकता कायम रहेका हामी नेपालीहरुका निम्ति गौरवको कुरा भनेको पनि यहीं विविध भाषा, विविध धर्म, विविध संस्कृति मान्ने सबै नेपालीहरु एउटै राष्टियता र एउटै झण्डा मुनि गोलबन्द भएर बसेको हो । त्यसलाई विगार्नु हुन्न । यसलाई पछिसम्म कायम गर्नु आवश्यक छ भन्ने माग वा उद्देश्य नै हालको लागि हाम्रो परिचय वा पहिचान कायम गर्ने काइदा हो ।

1d0b94db0bea0acf272be050f105014dकोहीं ब्यक्तिलाई कताबाट आएको भनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म वा कतै विदेशमा जाँदा सोध्यो भने म नेपालबाट, म भक्तपुरबाट वा म काठमाडौंबाट आएको भनी स्पष्ट जवाफ दिनु पर्दछ । म दुई स्थानमा बसेको भन्न मिल्दैन । नागरिकता पनि एउटै देशको मात्रै कायम हुने गरी लिनु भनेको पनि पहिचान वा यो नेपाली यो फलाना विदेशको भनी देखाउनका लागि हो । त्यसैले पनि यो समयमा पहिचान महत्वपूर्ण भएर देखापरेको हो । संविधानसभामा पनि यहीं पहिचान र संघीयताको कुरालाई मूल बहसको विषय बनाइरहेको हो ।

तर हिजो संघीयता र पहिचानको नारा लगाएर संघर्ष गरी विजय प्राप्त गरेका राजनीतिक दलहरुले आज आएर पहिचान र संघीयतालाई बिर्सेर अगाडि बढ्न खोज्नु, सके त्यसलाई दिँदै नदिनु र दिएपनि दिएको जस्तै मात्रै गर्न खोज्नु वा दिन नपर्ने उपाय खोज्दै हिड्नुले पनि जातीय पहिचान कायम गर्न संघर्षरत शक्ति एक हिसावले तर्सन पुगेको छ । सतक आन्दोलन गर्ने बेला एउटा कुरा र सत्तामा पुगेपछि अर्को कुरा गर्ने नेताहरुका कारण पनि यहाँ विभिन्न जातिका नेताहरु जातीय रुपमै आफूहरु संघर्षमा अगाडि बढ्न लालायित भइरहेका हुन् । होइन भने तराई मूलका जनताले आफ्नो परिचय कायम राख्न संघीयताको माग गरिरहेकोलाई अन्यथा लिन मिल्दैन ।

आफ्नै अध्ययनमा आफूहरु को हौं भन्ने खोज्ने कार्य गर्ने कार्य मात्र राज्यले गरेको खण्डमा पनि यहाँ विभिन्न खालका जातीय नेताहरु मौन हुने थियो । तर यो कार्य नै यस्तो हो कि संघर्ष विना यहाँ कुन अधिकार र मौका दिइएला भनी नसोच्दा पनि हुन्छ । त्यसैले पनि प्राप्त भएको अधिकार कायम गर्नको लागि पनि पुनः अर्को संघर्ष गनुपर्ने स्थिति आउँदैछ ।

सामान्य व्यक्तिहरुका लागि के न के जस्तो देखिने पहिचान र संघीयता जस्ता गम्भीर विषयमा राजनीतिक नेताहरु स्पष्ट भएर आफ्ना कार्यकर्ताहरु स्पष्ट भएपछि अनि नेपालका लागि कस्तो खालको संघीयता र पहिचान सबैभन्दा उचित हुन्छ भन्ने ठम्याउन सकेको खण्डमा मात्रै यहाँ पहिचान विरोधी र पहिचान पक्षधरको रुपमा नेपाली जनता दुई धु्रबमा विभक्त हुँदैन । पहिचानको कुरा अगाडि आएदेखि नै आफूहरुलाई बिस्थापित गरिएला भनी डराउने शक्ति पनि यहाँ नभएका होइनन् ।

बिवाह गरेपछि छोराछोरी होला, परिवार सम्हाल्नुपर्ने त स्वाभाविक हो । अनि परिवार होला वा छोराछोरीलाई ख्वाउनु पर्ला भनी बिवाह नै नगर्नु कतिको उचित हो ? त्यसैले जस्तोसुकै दुःख कष्ट भोग्नु परेपनि सृष्टि र समाजको निरन्तरताको लागि बिवाह जरुरी छ, पहिचान र संघीयता पनि देश काल र परिस्थिति अनुसार सामाजिक आवश्यकता नै हो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको