लघुकथा : आमा !

साउन २४, २०७३
एउटी आमा ! जो आफ्नो गर्भमा ९ महिनासम्म राखेर एउटा सुन्दर शीशुको जन्म दिन्छिन् । उनलाई मात्र थाहा छ , त्यो प्रसवको पीडा । अनि त्यो ९ महिनासम्म कति असहज स्थिती सृजना भयो होला ? जन्म दिईसकेपछि महिनौसम्म शीशुलाई स्याहारसुसार गरेर र आफ्नो दुध चुसाएर हुर्काउँछिन् । उ रोएरै आमालाई दुख दिन्छ तर पनि आमा फकाईफुलाई गरेर सुताउँछिन् । आमाका कति कपडाहरु फोहोर पारिदियो र कति कपडाहरु फाटेर गए त्यसको कुनै सीमा नै र्छन । विस्तारै आमाको काखमा खेल्दै रमाउँदै शीशु बाल्यावस्थामा प्रवेश गर्दछ ।
अब उ चकचक गरेर आमालाई दुख दिन थाल्छ । रुन्छ, कराउँछ तर पनि आमाले न्यानो माया दिएर फकाइृफुल्याई गरेर ठूलो बनाउँछिन् ।  बढाउने पढाउने सबै काम आमाले नै गरिदिन्छन् । आफूले नखाई नखाई भएपनि उसलाई खुवाउँछिन् तर पनि उ सन्तुष्ट हुँदैन । आमालाई नै अनेक बहाना गरेर सताईरहन्छ ।
उ यसरी नै किशोरावस्थामा प्रवेश गरिसकेको हुन्छ । अब उ आमासँगै मुखमुखै लाग्न थाल्छ । तरपनि उसका हरेक चाहनाहरु सकी नसकी आमाले नै पूरा गरिदिन्छिन् । आफ्नो सर्वस्व सुम्पिएर छोरालाई ठूलो बनाउँछिन् । छोरा लक्का जवान बनिसकेको हुन्छ । छोरालाई बढाउने, पढाउने र राम्रो जागिर खोजेर लगाईदिने सम्मको सबै काम आमाले नै गरिदिन्छिन् । अन्त्यमा बिहेसमेत आमाले नै गरिदिन्छिन् । अब भने छोरालाई ठूलो मान्छे बनाउने उनको सपना पूरा भएको महसुस गछिन् ।
समय बित्दै जान्छ । आमा बिस्तारै वृध्दावस्थामा प्रवेश गर्दै जान्छिन् । उनको काम गर्ने क्षमता पनि घट्दै जान्छ । सबै कुरामा निर्भर हुनुपर्ने अवस्था आउँछ । शरिर कमजोर बन्दै जान्छ । उता छोरा भने बच्चाको बाउ बनिसकेको हुन्छ ।
बुढी आमा कमजोर भएकाले बिरामी पर्दै जान्छिन् । हिँडडुल गर्न समेत नसक्ने अवस्था सृजना हुन्छ । छोरालाई भने बुढीआमा घरमा बोझ भएको आभास हुन्छ । उता श्रीमतीको दवाव र सधैँ आमाको कचकच सुन्नु भन्दा आमालाई कतै लग्ने विचार गर्छ । उ एकदिन आमालाई निकै माया गरेझैँ गरेर अस्पताल लैजान्छु भनी आश्वासन दिएर फकाईफुलाल्याई गर्छ । आमा भने धेरै पछि आफ्नो छोराले यति धेरै माया दिएकाले खुशीले गदगद हुन्छिन् र छोरासँगै साथ लागेर जान्छिन् । छोरा भने आमालाई ‘एकछिन यहीँ बस्दै गर्नु है म एकछिनमा आउँछु’ भन्दै वृध्दाश्रममा बुढी आमालाई एक्लै छाडेर घर फर्कन्छ । घरमा भएको एउटा बोझ हटाउन पाएकोमा उ मक्ख पर्छ र खुशीले रमाउँछ । तर उसले कहिल्यै पनि सोचेको छैन आफ्नो पछिको त्यो अवस्थाको हविगतको बारेमा । उसले कहिल्यै आमाको पीडा बुझ्न सकेन किनकी उ कहिल्यै आमा बनेको छैन ।
बिचरी ! बुढी आमा । आफ्नो सर्वस्व जिन्दगी त्यही छोराकै लागी बिताईन् । अझै पनि उनी त्यही छोराकै बारेमा चिन्ता गरिरहन्छिन् , जसले धेरै वर्ष पहिले आफूलाई यही वृध्दाश्रममा एक्लै छाडेर गएको थियो ।
– मोहन अभिलाषी !

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको