आयो ‘छक्का पन्जा’ ट्रेलर

साउन २५, २०७३

बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै यसले युटुबमा दर्शकको उल्लेख्य साथ पाउने लक्षण देखाएको छ ।

दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्रको ट्रेलरलाई कमेडी संवादले भरिएको छ । दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारले ट्रेलरमा खुबै हसाएका छन् ।

साथमा पि्रयंका कार्की, नम्रता सापकोटा र बर्षा राउत पनि चलचित्रको आकर्षण बनेका छन् । चलचित्रको ट्रेलर हेर्दा यसले गरिबी, बेरोजगारीको कथालाई रोचक तरिकाले प्रस्तुत गरेको स्पष्ट हुन्छ ।Deepak-N-Priyanka-3

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कुञ्जना घिमिरे, निशान बजगाँइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको चलचित्रमा लगानी छ । यो चलचित्र भदौ २४ गतेबाट रिलिज हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको