सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
बिराज भट्टाको अभिनय रहेको चलचित्र जय परशुरामको प्रदर्शन रोक्न अदालतले आदेश दिएको छ । पुनरावेदन अदालत पाटनले तत्कालका लागि फिल्म प्रर्दशन नगर्न निर्माण पक्षको नाममा अन्तरिम आदेश जारी गरेको हो । निर्माण पक्षले आउदो शुक्रवार फिल्म प्रदर्शनको तयारी गरेको छ ।
‘रेदाअंश फिल्मस् सिने आर्ट’को ब्यानरमा निर्माण भएको ‘जय परशुराम’ माथिको प्रतिलिपि अधिकार दाबी सहित ‘ब्लाक चिल्ली आर्ट फिल्मस’ले दायर गरेको मुद्दाको मंगलबार फैसला गर्दै अदालतले प्रर्दशनमा रोक लगाएको हो ।
‘ब्लाक चिल्ली आर्ट फिल्मसले रोज राणाको ‘रेदाअंश फिल्मस् सिने आर्ट’ र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर मुद्दा हालेको थियो । न्यायधिस जीवनहरि अधिकारीको एकल इजलासले परशुराम नाम गरेका कुनै पनि फिल्म प्रदर्शन, प्रचार नगर्न अन्तरिम आदेश दिएको हो ।
‘ब्लाक चिल्ली आर्ट फिल्मस’ले तीन बर्षअघि चलचित्र विकास बोर्डबाट ‘परशुराम’ नामक फिल्म निर्माणको अनुमती लिएको थियो । तर, बिकास बोर्डले चलचित्र निर्माण तथा प्रचार-प्रसार सम्बन्धी नियम विपरित रोज राणाले बनाएको ‘जय परशुराम’लाई अनुमती दिएको थियो ।
कुनै फिल्मको नाम अघि नयाँ शब्द थपेर त्यही नाममा फिल्म बनाउँन नपाइने नियम छ । तर, राणाले ‘परशुराम’ माथि जय थपेर ‘जय परशुराम’ बनाएका छन् ।
अदालतले तत्कालका लागि प्रर्दशन रोकेर दुबै पक्षलाई थप बहसको लागि मंसिर १ गते बोलाएको छ । यदि जबजस्ती प्रर्दशन गरिए अदालतको फैसला अनुसार कानुनी बाटो रोजिने कार्यकारी निर्माता सबिन पि्रयासन चौधरीले बताएका छन् ।
पुनरावेदन अदालतको फैसलाको पूर्णपाठ
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका