द चाद व्यूटि एण्ड हेयर सेन्टर

साउन २७, २०७३

विगत एक दशकदेखी ललितपुरको चाकुपाटमा पहिचान व्युटि एण्ड हेयर सेन्टर सञ्चालन गर्दै आएकी निशा शाक्यसँग सहकर्मी चक्र प्रसाद पोख्रेलले गरेको कुराकानी :
13957421_1034931759935677_908873358_n-300x300द चाद व्यूटि एण्ड हेयर सेन्टर को स्थापना कसरी भयो ?
मैले आज भन्दा करबि बाह्र वर्ष अगाडी पाटनको चाकुपाटमा एउटा कोठामा सुरु गरेको हो मलाई पार्लर सम्वन्धी तालिम लिएर साथै नेपालमा मात्र नभएर मैले विदेशमा गएको बेला बाह्र दिनको तालिम लिने मौका पाए जसका कारण मलाई पार्लर संञ्चालन गर्न सहयोग पुग्यो, सुरुमा मैले रहरले खोलेको थिए पछि गएर यसलाई व्यावसायिकता तर्फ ल्याएकी हु ।
तपाइले त थुप्रै उपाधि जित्नु भएको छ हालसम्म कुन कुन उपाधि पाउनु भो ?
मैले सन् २००८ मा भएको ब्राइडल मेकअप कम्पिटिसनमा दोस्रो भएको थिए, टाइटल अवार्टमा बेस्ट मेकपको उपाधि पाएको थिए, त्यस्तै हेयर डिजाइन शो, बाला मयुज, लगायत मिस नेपालमा पनि मेकअप गरेकी छु ।
अन्य पार्लर भन्दा द चाद पार्लरको विशेषता भन्नु पर्दा ?
वास्तवमा सबै पार्लरहरुले गर्ने काम उस्तै उस्तै नै हुन, तर हमीले लामो समयदेखि ग्राहकलाई सेवा सुविधा दिन सक्नु हो, पार्लरमा प्रयोग गर्ने सामानको गुणस्तरमा हामीले ध्यान दिन्छौ यस अर्थमा मैले अरुले ध्यान दिदैनन् भनेकी होइन, हाम्रो पार्लरमा के कस्ता विशेषता छन त्यो एकपटक आएका ग्राहकले अनुभव गर्ने कुरा हो ।
हाल तपाइको पार्लरमा कति जनाले रोजगार पाएका छन त ?
मेरो पार्लरमा हाल तीन जनाले रोजगार पाएका छन ।सुरुमा म एक्लैले काम गर्नु पर्दथ्यो तर केहि वर्ष अघिदेखी मैले तीन जनालाई रोजगार दिइरहेको छु ।
ब्यूटिसियनसँगै समाजसेवामा लाग्नु भएको छ, खास के गर्नुहुन्छ तपाई ?
हो.. मेरो रुचि व्यूटिपार्लरमा भएतापनि म पहिले देखि नै समाजसेवामा लागेको हुँ आफुजस्तै दिदिबहिनीहरुलाई समुहमा गएर तालिम दिनेगरेको छु, त्यस्तै अनाथालयमा गएर बालबालिकालाई खाना खुवाउने, बृद्धाआश्रममा गएर वृद्ध अमा बुबाहरुलाई पनि सहयोग गर्ने गरेको छु । महिला दिदिबहीनिहरुलाई सकेसम्म राम्रो काम गर्न सक्ने क्षमताको बनाउनु पर्छ भन्ने मान्नेताको साथ म विभिन्न तालिम दिनेगर्छु ।
भावि योजना के छ अब तपाईको पार्लर सम्वन्धी काम गर्न थालेको पनि धेरै भयो नि ?
मेरो भावि योजना भन्दा यस पार्लरलाई अझ फराकिलो बनाउने अझै केहि दिदिबहिनीहरुलाइ तालिम दिएर आत्मनिर्भर बनाउने तिर नै म जानेछु त्यसबाहेक मैले गर्दै आएको समाजसेवालाई नै निरन्तरता दिने छु ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको