यो त्यहि रुख हो जुन रुख मुनि सिद्धार्थ गौतमले ज्ञान पाएका थिए

मंसिर ६, २०७५

विश्वभरमा नेभाराको कुल ७ सय ५० प्रकारको रुख पाइन्छ । जसरी यो वृक्षको चर्चा गरिएको छ इतिहासमा कुनै अर्काे रुखको बारेमा यसरी बयान गरिएको छैन । यसकारण भन्नुपर्छ यो भाग्यमानी रुख हो किनकी यहि रुख मुनि सिद्धर्थ गौतमले ज्ञान पाएका थिए । र उनी बुद्ध बनेका थिए ।

करिब २ हजार बर्ष पहिले भारतका तत्कालिन सम्राट अशोकले एक विशेष रुखको एक हांगा काट्ने आदेश दिएका थिए । सम्राट अशोकले यसको हागोलाई राजकीय सम्मान दिएका थिए र यसलाई एक सुनको भाडामा राखेका थिए । यस कथाको आधार ऐतिहासिक महाकाव्य ‘महावंश’ हो, यो कहानी नेभारा प्रजातिको बोधी वृक्षबारेमा कथिएको छ । नेभाराको अधिकांश प्रजातिको जरा जमिनमुनि नै हुन्छ । तर, जंगली नेभाराको जरा बाहिर हावामा झुलिरहेको हुन्छ र हांगाबाट निस्किएका जराहरु लामो र मोटो हुँदै पूरै रुखलाई ढाकिदिन्छ । कहिलेकाही जरा यसरी फैलन्छ कि मुल रुख नै समाप्त हुन्छ ।

दुई वटा देशमा यसलाई देशको चिन्हको हिस्सा बनेको छ । इन्डोनेसियामा यस रुखलाई ‘अनेकतामा एकता’को प्रतिकको हो । त्यस्तै, प्रशान्त महासागरको पश्चिमी भागमा बारबडोस द्धिप छ । भनिन्छ, जब यूरोपबाट आएका जलयात्री(माझी) यस टापुमा पुगे, उनिहरुले यस रुखको जरा कुनै साधुको फैलिएको जट्टाधारी कपाल जस्तै देखे । बौद्ध, हिन्दु र जैन धर्मावलम्बीहरु दुई हजार बर्ष भन्दाबढी समयदेखि जंगली नेभाराको रुखको पूजा गर्छन् । सम्राट अशोककी छोरीले एक हांगा श्रीलंका लगेकीथिइन, जुन रुख अहिलेसम्म पनि त्यहिँ छ । अर्काेतिर, ३, ५०० बर्ष पहिले वैदिक स्तुतिमा पनि यस रुखको गुणगान पाइन्छ । यो रुखले बाह्रैमास फल दिन्छ, जसले गर्दा यसमा आश्रित जीवहरु बाँचिरहेका हुन्छन् । नेभाराको फल खाएर बाँच्ने लगभग १,२०० प्रजाति छन्, जसमा चराचुरुंगी देखि कमिला, मौरीसम्म पर्छन । त्यसैले, पर्यावरण विद्हरुको मान्यता छ, ‘यदि यी प्रजातिका रुख लोप भएमा सबै समाप्त हुन्छ


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट