गायिका श्रेया राई धनकुटा प्रवासी सेवा समाज कतारद्वारा सम्मानित

रबिन थापा मगर पुस ३, २०७५

धनकुटा प्रवासी सेवा समाज कतारले अन्तरास्ट्रिय स्तरको रियालिटी सो “द भ्वाइस अफ नेपाल” को टप ८ सम्म पुग्न सफल धनकुटाकी गायिका श्रेया राई लाई दोहा कतारमा एक कार्यक्रम को बीच सम्मान गरेको छ । दोहाको गोर्खा रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष ललित लिम्बुले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गायिका श्रेया राई, बिशिष्ट अतिथिहरुमा संस्थाका संस्थापक अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार तुलसी सुबेदी ज्यू, सल्लाहकार सदस्यहरु डि एन.पाङ्मी मगर, केशव कार्की यसैगरि अतिथिहरुमा धनकुटा प्रवासी बचत कोषका अध्यक्ष प्रेम जिमी, नेपाल मगर सास्कृतिक परिवारका अध्यक्ष शुक्र बहादुर पुलामी मगर रहनुभएको थियो ।

राष्ट्रिय गान गायर औपचारिक सुरुवात गरिएको कार्यक्रम संस्थाका प्रथम उपध्यक्ष पदम कुमार घिमिरेले स्वागत मन्तब्य तथा प्रमुख सल्लाहकार तुलसी सुबेदीले सस्थाको बारेमा प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा गायिका राईलाई सस्थाका अध्यक्ष, प्रमुख सल्लाहकार तथा पदाधिकारीहरुले खादा ओडाई सम्मान गर्नुका साथै सस्थाका तर्फबाट सम्मान पत्र सहित सांगीतिक यात्रा सफलताको लागि रु.५१ हजार पनि मायाको चिनो स्वरूप प्रदान गरिएको थियो ।

प्रमुख अतिथि सम्मानित गायिका राईले प्रवास भुमिमा रहेर पनि धनकुटा प्रवासी सेवा समाज, कतारले आफ्नो गृह जिल्लालाई तन, मन, वचन र कर्मले गरेको सहयोग र समाजिक कार्यको खुलेरै प्रशंसा गर्दै सम्मान प्रदान गर्नु भएकोमा धन्यबाद दिदै यहाँ पाएको सम्मान ले गित संगीत क्षेत्रमा अघि बढ्न अझ धेरै हौसला मिलेको बताउनु भयो । साथै यो सहयोग रकम गित संगीत कै क्षेत्रमा लगानी गर्ने बताउनु भयो ।

अन्तमा कार्यक्रम सभापति सस्थाका अध्यक्ष ललित लिम्बुले प्रमुख अतिथि राईलाई कार्यक्रममा उपस्थित भई सम्मान ग्रहण गर्नु भएकोमा आभार प्रकट गर्दै भविष्यमा पनि सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । सस्थाले यसभन्दा पहिले पनि कतार भ्रमणमा आउनुहुने कलाकार, बिशिस्ट व्यक्तिहरुलाई सम्मान गर्ने गरिएको बताउदै सम्मानित गायिका राईको कतार भ्रमण साथै आगामी सांगीतिक यात्रा पनि सफल रहोस भन्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रम सस्थाका महासचिव रबिन थापा मगरले संचालनमा भएको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट